बावियाचौरमा बहुउद्देश्यीय कवर्ड हल निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको माटेबगरमा निर्माण भएको कवर्ड हलको बिहिबार एक समारोहका बिच उद्घाटन गरिएको छ । ब्याटमिन्टन सहित मार्सल आर्टका खेलहरु समेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कवर्ड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो । मंगला गाउँपालिका ११ लाख, गण्डकी प्रदेश सभा का पूर्व सदस्य नरदेवि पुनको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाबाट विनियोजन भएको ५ लाख र वडा कार्यालयबाट ५ लाखको आर्थिक सहयोगमा उक्त कवर्ड हल निर्माण भएको हो ।

कवर्ड हलको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष रोकाले गाउँपालिकाभित्र खेलकुद क्षेत्रलाई समेत प्राथिमकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र संघीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताउनुभयो ।

सानो लगानीमा निर्माण भएको कवर्ड हलमा स्थानीय यूवाको सक्रियताबाट उत्साहित भएको बताउनुभयो । उहाँले कवर्ड हल आसपासमा आवश्यक पूर्वाधारमा समेत विस्तार गरी सुविधासम्पन्न बहुउद्देश्यीय कवर्ड हल बनाउने प्रतिबद्धता समेत जनाउनुभयो ।

मंगला यूथ क्लवको सक्रियतामा निर्माण भएको कवर्ड हलको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले खेलकुदले युवाहरुलाई सकरात्मक बाटोतर्फ उन्मुख बनाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । उहाँले मंगला युथ क्लवको नेतृत्वमा निर्माण सम्पन्न भएको कवर्डहले खेलकुद जन्य गतिविभि संचालनलाई सहज बनाउने भन्दै यसलाई थप व्यवस्थित बनाउनका लागि क्लव संग पालिकाले सहकार्य गर्ने बताउनुभयो ।

वडा नम्वर २ का वडा अध्यक्ष धनबहादुर खाती क्षत्रीले खेलकुद र कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि वडाले सहयोग गर्ने बताउनुभयो । समाज परिवर्तनका लागि युवाहरुको भुमिका महत्वपूर्ण हुने हुँदा समाजसंग जोडिएर विभिन्न गतिविधिहरु संचालन गर्नपनि उहाँले क्लवलाई अनुरोध गर्नुभयो ।

मंगला युथ क्लवका अध्यक्ष नविन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत क्लव सदस्य चन्द्र अधिकारी, र सञ्चालन पत्रकार अमित विश्वकर्माले गर्नुुभएको थियो । कवर्ड हल बाहिर पार्किङ, ब्यवस्थित शौचालय सहितको पूर्वाधार निर्माणका लागि समेत बजेटको आवश्यकता रहेको र आगामी आर्थिक वर्षमा उचित बजेटको सम्वोधन गरिदिन पालिका र वडालाई क्लव अध्यक्ष अधिकारीले आग्रह समेत गर्नुभएको छ ।

कर्भड हललाई आवश्यकता अनुसार संरचना थप गरिने जनाइएको छ । यसैबीच क्लवले चैतेदशैंको अवसरमा नवनिर्मित कवर्डहलमा सि डिभिजन डवल र सिंगल व्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको छ ।

You can share this post!

प्रतिभाका धनि राजकुमार परियार

पत्रकार महासंघद्वारा बालबालिकालाई खाद्यान्न सहयोग तथा स्वास्थ्य परिक्षण

Related posts