एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनः सहमति बाटै नेतृत्व चयनको प्रयास

म्याग्दी । यहि पौष २३ र २४ गते म्याग्दीको बेनीमा आयोजना हुने नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको माहोल तात्न थालेको छ । जिल्लाका नेताहरु अधिवेशन सफल पार्नका लागि भव्य तयारीमा जुटेका छन ।

नेकपा माओबादी संग एकता गरेपछि चित्त नबुझि निस्क्रिय भइ बसेका पुराना कार्यकर्ताहरु पनि पार्टी एमाले नै बनेपछि फेरी सक्रिताका साथ राजनीतिमा फर्किएका छन । कतिपय प्रतिनिधिहरु यस्तै प्रकृतिका छनौट भएका छन । ९ बर्ष पछि आयोजना हुन लागेको अधिवेशन भएकाले पनि पार्टीको नेतृत्वमा को आउला भन्ने बिषय सवैको चासो बनेको छ ।

२०६९ साल फागुन १८ देखि २० गते सम्म बेनीमा आयोजित आठौँ जिल्ला अधिवेशनबाट दोस्रो पटकका लागि अध्यक्ष हुनुभएका हरिकृष्ण श्रेष्ठ पार्टीको बिधान अनुसार यसपालि स्वत जिल्ला कमिटि बाट बाहिरीनु पर्ने हुन्छ । उहाँले पुनः अध्यक्षमा दावी गर्न नमिल्ने भएपछि अव अध्यक्ष हुने पालोमा उपाध्यक्ष देबेन्द्र बहादुर कटुवाल हुनुहुन्छ ।

पार्टीका पुराना र पाका नेता भएकाले पनि अध्यक्षमा कटुवाललाई नै स्वीकार्ने नेताहरुको भनाई छ । तर कतिपय युवा कार्यकर्ताहरुले भने पार्टीको नेतृत्वमा युवा पंक्तिलाई देख्ने चाहना गरेका छन । अध्यक्ष सहित अन्य सवै पदहरु सहमतिबाटै टुङ्गो लगाइने गरि छलफल भइरहेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

एमाले र माओबादी एकता हुँदा बनेको नेकपा बाट एमाले र माओबादी छुट्टाछुट्टै बनेपनि माओवादीका जिल्लातहका केही युवा नेताहरु एमालेमै रहेका छन । यस पालिको अधिवेशनमा ति नेताहरुलाई पनि जिल्ला कमिटिमा उचित स्थान दिनुपर्ने छ । एमाले बाट माधव नेपाल फुटेर जाँदा सो गुटमा देखिएका पार्टी सचिव बालकृष्ण सुवेदी र सचिवालय सदस्य राजकुमार थापा एमालेमै रहनुभएको छ । तर कुनै गुट उपगुट भने देखिएको छैन ।

पदवृद्धिक्रम अनुसार सचिव सुवेदी उपाध्यक्ष तथा उपसविच देव घले सचिव पदको भागीदार हुनुहुन्छ तर नवौँ अधिवेशनमा उपाध्यक्ष, सचिव र सहसचिव पदका आकांक्षीहरु धेरै देखिन सक्ने अवस्था भएकाले सहमतिमा भने निकै सकस हुने बुझिएको छ ।

You can share this post!

बहराइनमा ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको रु ५० हजार सहयोग

रेडक्रसमा नयाँ तदर्थ समिति गठनप्रति पूरानो समितिको आपत्ति

Related posts