माननीय ज्यू ठेक्का लिएर मात्रै हुन्छ ! काम खै ?

नेताहरु सँग आर्थिक सामाजिक र राजनितिक क्रान्तिमा हातेमालो गर्न चाहेर पनि यतिबेला म्याग्दीका जनता भने असफल मात्रै भएका छन् । आमुल परिवर्तनको सपना देख्नेहरु कुण्ठित बनेका छन् भने सपना देखाउनेहरुका छाती चाक्लिएका छन् । ठूला ठूला परिवर्तनका सपनाहरु देखाएर नेताहरु भोट मात्रै बटुल्न सफल भए तर जनताका समस्याहरु बीसको उन्नाइस् पनि भएनन् ।
भ्रम छरेर अन्धकुप बनाइएका सोझा जनतालाइ के थाहा परिवर्तन भन्ने शब्द मै बिष पोखिएको छ भन्ने कुरा । कालपाशमा अल्झिन बाध्य पारिएका जनताको रोदन कसले सुन्ने ? राजनितिलाइ सेवा मान्नेहरु पलायन भएका छन् । भने पेसा मान्नेहरुको हालिमुहाली चलिरहेको यस परिस्थितिमा उनीहरुले दिएका आश्वासनहरुको लेखाजोखा कसले गर्ने ? स्वार्थका लागि कहिले ओढार छिर्ने त कहिले सत्तामा चढ्नेहरुलाई खुलाचौरमा ल्याएर कोर्रा लगाउने दिन कहिले आउँछ ? जनताहरु सोझा छन्, अनविज्ञ छन् भन्दैमा नेताहरुले ढाट्नैपर्ने हो ? एक सभासद जो कानुन बनाउने ठाउँमा छन् उनै सभासदको निमार्ण कम्पनिले जिम्मा लिएको सडक खण्डको काम समयमा सम्पन्न नगरेर जनतालाई सास्ती दिईरहेको छ ।


बेनी दरवाङ सडक खण्ड अन्तर्गत रहेको बेनी देखि सिमलचौर नजिकै को सडक खण्डमा २०७४ साउन ६ गते ३० महिनाको अवधीमा काम सम्पन्न गर्ने भनि १२ किलोमिटर ५ सय ८५ मिटर सडक फराकिलो बाटो, सहित नालि बानाउने, ग्याविन, भर्ने र पिच गर्ने गरि जम्मा रु ४३ करोड रुपैयाँमा ठेक्का लिएको लामा समान्तर जेभिले म्याद सकिएर म्याग्द थप गरेको समय अवधि सकिदा पनि ४७ प्रतिशत मात्रै काम गरेको पुर्वधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताउनु भयो ।
२०७६ साल माघ ३ गते पहिलो पटक म्याग्द सकिदा उक्त निमार्ण कम्पनिले संघिय सरकारबाट प्रदेश सरकारमा हस्तातरण हुने प्रकृया लम्बिदा आफु हरुले समयमा काम गर्न नसकेको भन्दै म्याद थप गर्न लगाएको थियो । सोही अनुसार ०७६ फागुन १४ गते २०७७ असोज २३ गते भित्र काम सम्पन्न गर्ने गरी म्याद थप भएको थियो । म्याद थप गरेको समयमा पनि निमार्ण कम्पनीले कोरोना महामारीका कारण काम गर्न नसकेको भन्दै समयमा नै काम सम्पन्न गर्न आलटाल गरी रहेको पुर्वधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।


सो सडक खण्डको ठेका लिएको लामा समान्तर जेभि प्रतिनिधिसभा सदस्य जिप सीरीङ लामा र अचुत खरेलको हो । लामा नेपाली काँग्रेसबाट प्रतितिनिधी सभाका समानुपातीक सासंद हुन् । यसरी काम समयमा सम्पन्न नगर्ने ठेकेदार नै प्रतिनिधि सभाका सदस्य रहेका छन् । ठेकेदार नै नियम कानुन बनाउने ठाँउमा छन् र समयमा काम सम्पन्न पनि गर्दैनन् ।
संघिय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरीत सो सडकको ठेका प्रकिया संघिय सरकार माहतनै गरिएको थियो । संघिय सरकाले खोलेको टेन्डरमा लामा समान्तर जेभिले टेडरप्रक्रिया बाट ठेक्का लिएको थियो । सडकको स्तरउन्नती र नालि सहित ११ मिटर सडक पिच हुने सुन्दा स्थानिय बासीमा खुसी छाए पनि ठेकेदारले समयमा काम नगर्दा जनताहरुले सास्ती खेप्नु परेको सिमल्चौर निबासी सँगीता अधिकारीले भन्नु भयो ।
२०७६ माघ ३ मा सडक निमार्ण गरी सक्नु पर्ने थियो तर समयमा काम सम्पन्न नभए पछि फागुनमा म्याद थप गरीयो । म्याद थप पछि गत बैशाख १५ गते सडको भेरियोसन अर्डर ( ठेक्का परिमार्जन ) ९.९७ प्रतिशतले भियो गरीयो । भियो गर्दा ४३ करोड बाट बढेर ४७ करोड ८७ लाख ९३ हजार २ सयमा निमार्ण कम्पनिलाई फाइदा हुने गरी भियो गरी सोही मिती असोज २३ गते भित्र निमार्ण कम्पनिले काम सम्पन्न गर्नु पर्ने भयो । तर निमार्ण कम्पनीले समयमा काम सम्पन्न गर्नुको साटो कोभिडको कारण समयमा काम सम्पन्न गर्न नसकेको बताउँदै पुन म्याद थप गर्नु पर्ने बताएको छ ।

You can share this post!

म्याग्दीका तिलु शर्मा कतारमा कोभिड १९ हिरो अवाडबाट सम्मानित

ओ.जे फाउन्डेशनद्धरा बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण

Related posts