नेपाल बन्दले म्याग्दीमा जनजिवन प्रभावित

म्याग्दी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दले म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको हो ।

बेनी बजार लगायतका जिल्लाका मुख्य बजारका पसल बन्द भएका छन् भने सार्वजनिक तथा भाडाका सवारी साधन ठप्प छन् । यातायातका साधन ठप्प हुँदा लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोरेका छन् ।

बन्दको कारण जिल्लाका शैक्षिक संस्थाहरु समेत प्रभावित बनेका छन् । अत्यावश्यक सामानका पसलहरु भने खुल्ला रहेका छन ।

You can share this post!

मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने

भवन खाली गरिदिन नगरपालिकालाई महासंघको पत्राचार

Related posts