मुख्यमन्त्री भलिबल प्रतियोगीतामा म्याग्दीका २ खेलाडी र प्रशिक्षक उत्कृष्ट, अरुणा सर्वोत्कृष्ट

म्याग्दी । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित महिला तर्फको भलिबल प्रतियोगितामा म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले पराजित गरेको थियो ।

प्रतियोगितामा म्याग्दीले उपाधी मात्र जितेन ३ खेलाडी र प्रशिक्षक समेत उत्कृष्ट बन्न सफल भएका छन् । म्याग्दी जिल्लाका भलिबल प्रशिक्षक मलिन रोकाले उत्कृष्ट प्रशिक्षकको उपाधी जित्न सफल भए भने खेलाडी रेविना घर्ति उत्कृष्ट सेटर, मनिसा तिलिजाले उत्कृष्ट ब्लकर र कप्तान अरुणा शाहीले सर्वोत्कृष्ट खेलाडीको उपाधी जित्न सफल भएका छन् ।

फाइनल खेलमा विपक्षीको टिमको कमजोरी पत्ता लगाएर सोही अनुरुपको योजना बनाउँदा प्रतियोगिता जित्न सहज भएको प्रशिक्षक मलिन रोकाको भनाई छ । उनले भने–“पर्वत जिल्ला पनि कमजोर टिम थिएन, प्रतियोगिताको अवधिमा उपाधी पर्वतले जित्ने भनेर धेरैले दावि पनि गरका थिए तर हामीले उनीहरुको कमजोरी पत्ता लगाएर खेलाडीलाई मोटिभेट ग¥यौ जसका कारण सहजै उपाधी जित्न सफल भयौं ।”

टिम क्याप्टेन शाहीको कुशल कप्तानी, रोका सहित प्रशिक्षक टिमको उत्कृष्ट प्रशिक्षण र खेलाडीहरुको अथक मेहनतले जिल्लालाई सफलता मिलेको हो । शाहीको कप्तानीमा यस भन्दा अगाडी पनि प्रशस्तै प्रतियोगिताहरु जित्न सफल भएका थिए । तर रोका प्रशिक्षक भएर पौष महिनाबाट म्याग्दी जिल्लाको भलिबल सम्हालि रहेका छन् ।

यस भन्दा अगाडी उनले प्रशिक्षण गरेका प्रशस्तै प्रतियोगिताहरुमा विजयी भए पनि उनले आधिकारीक म्याग्दी जिल्लाको भलिबलको प्रशिक्षक भएपछिको यो भने पहिलो जित हो । पहिलो पटक नै उपाधी जित्दा आफूलाई थप उर्जा प्राप्त भएको प्रशिक्षक रोकाको भनाई छ ।

You can share this post!

बाबियाचौरमा प्रथम नर बहादुर भट्टचन स्मृति भलिबल प्रतियोगिता सुरु

जनकल्याण मावि अक्षयकोषको दोस्रो अधिवेशन, अध्यक्षमा गजिन्द्र श्रेष्ठ

Related posts