नवौँ राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा तयारी सुरुः अफिसियल सहित ६१७ खेलाडी बेनी आउने

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठकको आयोजना गरि प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि तयारी स्वरुप विभिन्न निर्णहरु गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बेसेको बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले यहि असोज २७ गतेदेखि कार्तिक ३ गते सम्म भलिबल र असोज २८ देखि कार्तिक २ गते सम्म तेक्वान्दो खेल संचालन हुने जानकारी गराउनुभएको हो ।

११ टिम सहभागी हुने प्रतियोगितामा भलिबलतर्फ १६५ खेलाडी र २५ जना अफिसियल र तेक्वान्दोतर्फ ३५२ खेलाडी र ७५ अफिसियल गरि कुल ६१७ जना सहभागी हुने केसीले बताउनुभयो । भलिबल र तेक्वान्दोका लागि खेलकुद स्थान व्यवस्थापन तथा अन्य तयारीका लागि राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख ५० हजार रकम प्राप्त भएको र खुल्लामञ्चमा रहेको खेलकुद मैदान व्यवस्थापनको कार्य सुरु गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

वैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेलकुद मैदान व्यवस्थापन, स्वागतका लागि प्रवेशद्वार बनाउने, बजारमा स्वागत व्यानर होर्डिङ बोर्डहरु राखेर खेलकुदमय बनाउने, खेलाडी लागि सहुलियतदरमा खाना र बसाईको व्यवस्था गर्ने, खेल स्थलमा सार्वजनिक सवारीको रुट तयार गर्ने, खेलाडीलाई स्कटिङ सहित सुरक्षाको व्यवस्था गर्ने, प्रतियोगीता स्थलमा खानेपानी र शौचालयको राम्रो प्रवन्ध गर्ने गरि तयारी थालिएको बताउनुभयो ।

बैठकमा राष्ट्रिय प्रतियोगिता जिल्लामा हुनु भनेको जिल्लाको गौरवको विषय भएकाले सुरक्षाका लागि जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने, बजारमा स्वागतका लागि व्यानर र राख्नु अनुरोध गर्ने, प्राथमिक उपचारका लागि बेनी अस्पताल, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै नवौँ खेलकुद प्रतियोगिता संग सम्वन्धीत रहेर सकरात्कम सुचना तथा समाचार प्रकाशनका लागि जिल्लाका संचार माध्यहरुलाइ अनुरोध गर्ने, प्रतियोगिता संचालनका लागि बेनी नगरपालिकालाई दुई लाख र अन्य गाउँपालिकालाई १ लाख ५० हजारका दरले सहयोग माग गर्ने, बेनी देखि बाहिरी जिल्ला जाने तथा जिल्ला भित्रका सडकहरुलाई सुचारु गराईराख्न आव्हान गर्ने, खेलाडीहरुलाई आरामदायी बसाईको व्यवस्थापनका लागि होटल व्यवसायीलाई अनुरोध गर्ने, खेलाडीलाई आवासदेखि खेलमैदान सम्म आवतजावतका लागि जिल्ला स्थित निजि विद्यालयलाई गाडी उपलब्ध गराउन अनुरोध गर्ने, र उद्घाटनको दिनमा झाँकी प्रस्तुतीका लागि जिल्ला स्थित विभिन्न संघ संस्था एवम् जातजातिहरुलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका शाखा अधिकृत साधना कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रमुख सल्लाहकार र नगर प्रमुख, गाउँपालिका प्रमुख, प्रजिअ, अन्य कार्यालय प्रमुखहरु वडा अध्यक्षहरु लगायत रहेको व्यवस्थापन समन्वय अनुगमन सल्लाहकार समिति समेत गठन गरिएको छ । वैठकमा मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, सुरक्षा निकायका प्रमुख, कार्यालयका प्रमुखहरु, बेनी नगरपालिका वडा नम्वर ६, ७ र ८ का अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, म्याग्दी जेसिज, रेडक्रस, लायन्स क्लव पदाधिकारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

You can share this post!

हेर्दै आकर्षक अर्गानिक रेष्टुरेन्ट, जहाँ म्याग्दीका हस्तीहरुको तस्विर कोरिएको छ

निबन्ध प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम

Related posts