सातौँ म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट हुने

म्याग्दी । सदरमुकाम बेनीबजारमा पौष २८ गते विहिबारदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुहुने भएको छ ।

विहिबार विभिन्न जातजाती तथा संघसंस्थाहरुको झाँकी सहित बजार परिक्रमा पछि खुल्ला मञ्च बेनीमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले बताउनुभयो ।

पुस २८ गतेदेखि माघ ७ गतेसम्म संचालन हुने सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ती मेला एवम् प्रदेश स्तरीय कृषी, पर्यटन औद्योगिक व्यापार मेला २०७९ को तयारी अन्तिम चरणमा पुगेको मुल संयोजक कटुवालले बताउनुभयो ।

१० दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय उत्पादन एवं औद्योगिक प्रर्दशनी, लोकदोहोरी, गण्डकी लोकतारा प्रतियोगिता, पालिकास्तरको महिला पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता, पालिकास्तरीय पुख्यौली नाच प्रतियोगिता, रत्यौली, झाँकी प्रर्दशनी तथा राष्ट्रिय र स्थानीय कलाकारबाट गीत तथा नृत्य प्रस्तुती लगायतका कार्यक्रम संचालन हुनेछन ।

महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड १५ लाख रुपैया खर्च हुने अनुमान रहेको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशुल्क स्टलको ब्यवस्था गरिएको छ । जिल्लाको कृषि, पर्यटन, जलविद्युत लगायतको सम्भावनालाई उजागर संघले २०६० सालदेखि म्याग्दी महोत्सव लगाउदै आएको छ ।

महोत्सव अवलोकन गर्न आउने पाउनाहरुलाई स्वागतका लागि बेनीबजारका टोल सुधार समिति र ब्यवसायीले बजारमा तुल ब्यानर, ध्वजापताका लगायतले सझाएका छन् । भने, खुल्लामञ्चमा मञ्च, स्टल, बाल उद्यान तथा रमाईलो मेला लगायतको संरचना निर्माण भईरहेका छन् ।

You can share this post!

७४ वर्षीय प्रेमबहादुरको सङ्घर्ष ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन

बेनीमा सातौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सुरु (तस्विर सहित)

Related posts