बेनी नगरपालिकाद्धारा चालु आर्थिक वर्षको संसोधित बजेट बक्तव्य तथा वातारण तथा प्राकृतिक स्रोतको संरक्षण विधेक पारीत

म्याग्दीको बेनी नगरपालिकाको सोमबार आठौं नगरसभा सम्पन्न भएको छ । नगरसभाबाट आर्थिक बर्ष २०७७÷०७८ को संसोधित बजेट बक्तब्य तथा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक पारीत भएको छ ।
बेनी नगरपालिकाको उप–मेयर सञ्जू बरुवालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७÷०७८ को संसोधित बजेट बक्तव्य तथा विपद् व्यवस्थापन समितीका संयोजक तथा बेनपा १ का वडा अध्यक्ष टेकबहादुर राववले प्रस्ततु गरेको स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेक २०७७ पारीत भएको हो ।


गत असार १८ मा सभाबाट पारीत भएको बजेट ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयामा यस आर्थिकबर्षमा नगपालिकाको संचित कोषमा अल्या गरी बाँकी रहन गउको बजेट समेतलाइ समावेस गरी कूल ६६ कारेड ७ लाख ४६ हजार ४४२ बजेट बनाईएको छ । आर्थिक बर्ष ०७७÷०७८ को बाँकी अबधिका लागि नपुग हुने पदाधिकारी अन्य सुबिधा, भ्रमण खर्च, बिबिध खर्च, पत्रपत्रिका सूचना छपाइ प्रकाशन खर्च, पदाधिकारी भत्ता, कर्मचारी बैठक भत्ता, परामर्श सेवा, शिक्षा कार्यक्रम, औषधी उपकरण खरिद, ग्याबिन जाली पाइप खरिद, नर्सरी बिरुवा खरिद, मिनेटर अरिद, फर्निचर खरिद, कार्यालय संञ्चालन, बिपद व्यवस्थापन कोष, म्याग्दी पुस्तकालय ब्यवस्थापन, विपत क्रतिकार्य योजना निमार्ण, पात्लेखेत लिफ्टिङ्ग खानेपानी योजना ब्यवस्थापन, योजना सफ्टवयर खरिद समेतका लागि जम्मा रकम रु १ करोड ९० लाख ८० हजार र नपरपालिकाको बैठकवाट पारित गरी बिभिन्न समयमा आकस्मिक सडक मर्मत, सशस्त्र प्रहरी गलेश्वर भवन मर्मत,आई.ई.ई. रिपोर्ट तयार गर्ने काम, बेनी नगरपालिकाको डिजिटल नक्सा निमार्ण, पूलाचौर स्वाथ्य चौकीको लागि फर्निचर खरिद, उद्योग बाणिज्य संघ र नगरपालिका साझेदारी कोषमा रकम थप, धैरैनी बस्ती संरक्षण र वडा नं. ८ को वडा कार्यालयको लागि मुआब्जाका लागि ७२ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । नगरपालिकाको गत अर्थिक आर्थिक बर्षमा कुल राजश्व ३ करोड ३३ लाख ३८ हजार ५ सय ५) रुपैयाँ संकलन भएको र यस आर्थिक बर्षमा ४ करोड ३ लाख प्रक्षेपण गरिएकोमा पौष मसान्त सम्म १ करोड ४८ लाख १० हजार ९ सय ८७ रुपैया संकलन भएको नगर उप–प्रमुख सञ्जु बरुवालले बताउनु भयो ।


त्यसैगरी सभामा बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठले बेनी नगरपालिका भित्र रहेका ४०५ वटा योजना तथा कार्यक्रमहरु मध्य १६२ वटा सम्झौता भई ३५ वटा योजनाको कार्यसम्पन्न भई भुतानी समेत गरीएको जानाकारी गराउनु भएको थियो । उहाँले अर्जुन मावि भकुन्डे बाहेकका विद्यालयमा विव्यस गठन भएको दरबन्दी मिलान कार्य निष्कर्षउन्मूख रहेको, विद्यालयमा आइ.सि.टि. पुस्तकालय, विज्ञान प्रयोगशाला, विषयगत किट लागाएतका शैक्षिक सामाग्रीहरु व्यवस्थपन भएको बताउनु भयो ।
उहाँले नगरपालिका भित्रका १० वटै वडामा रहेका ८३५ जना बोरोजगार व्यक्तिहरुको विवरण संकलन गरि ई.एम.आइ.एस्. प्रविष्टि गरीसकीएको विदेशमा रोजगारी गुुमाएका १२० जनाको विवरण संकलन गरी सम्वन्धित निकायमा पठाएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका १४ वटा योजनाहरुलाइ १ करोड २२ लाख २ हजार बजेट विनियोजन भइ कार्यान्वयनको चरणमा रहेको वडा कार्यालयहरुमा घटना दार्ता अनलाईन मार्फत शुरु गरीएको लगाएतका नगरपालिका भित्रमा भएका कामका बारेमा जानाकारी गराउनु भएको थियो ।

You can share this post!

प्रचण्ड, माधव पक्ष पौडेल र झाँक्री भन्छन् प्रधानमन्त्रीले असंवैधानीक कदम चाल्लनु भयो

भागरथी हत्याको पोस्टमार्टम रिपोर्ट भन्छः ‘बलात्कारपछि घाँटी थिचिएको थियो’

Related posts