म्याग्दी। म्याग्दिको धवलागिरी गाउँपालिका -६ स्थित मराङ्ग अस्कारे खोलामा स्टिल ट्र्स्टको पुल निर्माण समपन्न भएको छ। पुलको बिहिवार धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले उदघाट्न गर्नुभएको हो। उक्त स्टिल ट्र्स्टको पुल पालिकाका मार्फत प्राथमिकताका आधारमा ट्रायल ब्रीज सपोर्ट युनिटको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण भएको हो। पुल जनश्रमदान सहित कुल ३० लाख ५० हजारको लागतमा निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले भन्नुभयो अस्कारे खोलामा पुल निर्माण भएपछि मराङ्गको हाङबाङ , मल्कबाङ , भेडिखाल्टा, र रघुगंगा- ८ कुइनेखानिका सर्बसाधारणहरु लाभान्वित भएका छन् ।
उद्घाटन समारोहमा धवलागिरी गाउँपालिकामा बन्दै गरेका ७ स्टिल ट्र्स्ट पुल मध्य सबैभन्दा पहिला योजना सम्पन्न गर्ने अस्कारे स्टिल ट्र्स्ट पुल उपभोक्ता समिति र निशुल्क जग्गा प्रदान गर्ने जग्गा दातालाई सम्मान गरिएको स्थानीय युवा इश्वर सुबेदिले जानकारी दिनुभयो।
सोही अवसरमा अध्यक्ष पुनले मालिकाको बिम र धवग्लागिरी गापाको मराङ जोड्ने निर्माणाधिन झोलुङ्गे पुलको अवलोकन समेत गर्नुभएको छ।सो पुल म्याग्दिका दुई संघिय सांसद भुपेन्द्र थापा र थममाया थापा मगरको पहलमा सस्पेन्सन बृज डिभिजन कार्यालय मार्फत निर्माण भईरहेको छ।कार्यक्रममा बोल्दै अध्यक्ष पुनले समयमै काम समपन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद व्यक्त गर्नुभयो । पुल निर्माणले यस भेगका जनताहरुलाई आवाजवावतमा सहज हुने भन्दै पुलको संरक्षणमा पनि चासो दिन स्थानियलाई आग्रह गर्नुभएको थियो।
कार्यक्रममा मराङका वडा अध्यक्ष राजाराम सुवेदी , नेकपा एमाले वडा कमिटी अध्यक्ष ज्ञानु गर्बुजा , मिलन म्याग्दिका प्राबिधिक याम बहादुर बिश्वकर्मा,लगाएतले बोल्नुभएको थियो।
कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाको अध्यक्षता, गापा अध्यक्ष पुनको प्रमुख आतिथ्यता, जनविकास आधारभुत बिद्यालयका शिक्षक कुमार जुग्जालिको स्वागत र स्थानीय युवा ईश्वर सुबेदिको सञ्चालनमा सम्पन्न भएको थियो।