माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी बरुवालको मृत्यु

म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ ।

बुधबार भवन निर्माणका लागि जग नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी ४५ बर्षिय कृष्ण बरुवालको अकस्मात माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले क्याम्पसको भवन बनाउन ठेक्का लिनुभएको थियो । डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल पुरिएको प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताउनुभयो ।

विहान करिव १० बजेको समयमा उक्त घटना भएको थियो । पुरिएको डेढ घण्टापछिमात्रै प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा पु¥याएका थिए ।

अस्पताल पु¥याइए लगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेका थिए । बरुवाल जिल्लामा राम्रो काम गर्ने निर्माण व्यवसायीका रुपमा परिचित थिए । बरुवाल निर्माण ब्यवसायी म्याग्दीका कार्यसमिति सदस्य समेत हुनुहुन्छ । स्व. बरुवालको आजै बेनीमा दाहसंस्कार गरिएको छ ।

You can share this post!

म्याग्दीको दरमा १ महिने भलिबल प्रशिक्षण सुरु

२० औँ जेसिज कप फुटबल सुरुः पहिलो दिन ६ खेल सम्पन्न

Related posts