धवलागिरि र मालिकामा युवासँग महालक्ष्मी लाइफ बीमा जागरण अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

अभियानको क्रममा पश्चिम म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको विभिन्न स्थानमा बीमासम्बन्धी कार्यक्रम गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ । धवलागिरि–७, सिबाङको किसानी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का ८३ जना विद्यार्थीहरुलाई बीमासम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।

उक्त कार्यक्रममा बीमा, वित्तीय साक्षरता, आर्थिक मितव्ययीता, युवासँग महालक्ष्मी लाइफ राष्ट्रिय जागरण अभियानको उद्देश्य र जानकारी, बचत तथा सुरक्षालगायत विषयहरुमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम विद्यालयको कक्षा ११÷१२ संयोजक कुलराज आचार्यको अध्यक्षता, शिक्षक शिवप्रसाद शर्माको स्वागत र महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीद्वय रेविका विक र रुपेश सुनारले कार्यक्रमको समीक्षासहित मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी सिबाङको सिर्जना आमा समूह र स्थानीय युवाहरुसँग पनि महालक्ष्मी लाइफको बीमा जागरण राष्ट्रिय अभियानसम्बन्धी कार्यक्रम गरिएको छ । कार्यक्रममा आमा समूहका अध्यक्ष यामु रानाको अध्यक्षता र हेम मावि सिबाङका शिक्षक उमादेवी कँडेलले स्वागत गर्नुभएको थियो ।

 

त्यस्तै ताकमको किमचौरस्थित जनयुवा क्लबसँग गरिएको बीमा जागरण अभियानसम्बन्धी कार्यक्रमको क्लब अध्यक्ष अनिश भण्डारीको अध्यक्षता र सचिव निराजन भण्डारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा धौलागिरि एकेडेमीका प्रिन्सिपल अजय तामाङले कार्यक्रममाथि समीक्षासहित धन्यवादज्ञापन गर्नुभएको थियो ।

यसैबीच मालिका–५, देवीस्थानको भीम माविमा समेत बीमाको अभियानसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्तीको अध्यक्षता, महालक्ष्मी इन्स्योरेन्सका एजेन्सी म्यानेजर एवं अभियानका जिल्ला सदस्य राजमति पुनले स्वागत र शिक्षक दिनेश ढकालले मन्तव्य राखेको कार्यक्रममा ६० जनाको उपस्थिति रहेको थियो ।

मालिका–६, दरबाङको जनप्रिय माविमा विद्यालयका सहायक प्रअ नगेन्द्रबहादुर खत्रीको अध्यक्षता र शिक्षक जगतकुमार सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा १ सय १२ जनाको उपस्थिति थियो । सबै ठाउँमा सञ्चालित सचेतनामूलक बीमासम्बन्धी अभियानको विषयमा महालक्ष्मी इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण तथा दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनले सञ्चालन गर्नुभएको थियो ।

You can share this post!

विश्वकप छनोटः नेपालले आज मलेसियासँग खेल्दै

एमाले महाधिवेशन सुरू, नारायणी किनारमा घुइँचो

Related posts