‘सामाजिक र आर्थिक रुपान्तरण सहितको विकास मेरो एजेन्डा हो’ एमाले उम्मेदवार गर्वुजा

म्याग्दी । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट नेकपा एमालेका उम्मेदवार बन्नुभएका याम बहादुर गर्वुजाले सामाजिक र आर्थिक रुपान्तरण सहितको विकास आफ्नो एजेन्डा भएको बताउनुभएको छ ।

आइतवार मंगला गाउँपालका ३ र ४ बरंजामा भएको चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार गर्वुजाले विकासका लागि समाजका सवै पक्ष सवल बन्न आवश्यक हुने भएकाले त्यसका लागि उपयुक्त नीति बनाउनुपर्ने बताउनुभयो ।

दलित, महिला, एकल महिला, ज्येष्ठ नागरिक, अपांग, अशक्त, युवा तथा बालबालिका सवैलाई सक्षम र सवल बनाउने गरि सामाजिक परिवर्तनका योजनाहरुलाई कार्यान्वयन गराउनका लागि आगामी मंसिर ४ गते सूर्य चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन अनुरोध गर्नुभयो । उहाँले युवाहरुमा ज्ञान, सिप र क्षमताको विकास गरि स्वरोजगार बन्न प्रेरित गर्ने गतिविधि संचालन गर्ने पनि आफ्नो एजेन्डा रहेको बताउनुभयो ।

त्यस्तै शिक्षा, स्वास्थ्य, संचार, यातायात लगायतका क्षेत्रको विकासका लागि म चुनावमा होमिएको हुँ, बरंजामा शिक्षा, स्वास्थ्य, यातायातको क्षेत्रमा उल्लेख्य विकास तथा झाक्रिपानी, चिनाकोट, दहताल, कोतघर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पनि प्रयाप्त सहयोग हुनेछ, त्यसैले मलाई भोट दिन सम्पूर्ण बरंजाबासीहरुलाई अनुरोध गर्दछु, उम्मेदवार गर्वुजाले भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुनले राष्ट्रियता र संविधानको रक्षा गर्दै जनताको हितमा रहेर काम गर्ने पार्टी एमाले भएकोले जनताले एमालेलाई जिताउनुपर्ने बताउनुभयो । नेता पुनले केपी ओली सरकारको पालामा लागु गरिएको लोकप्रीय नीति, कार्यक्रम र विकास तथा निर्माणका गतिविधिहरुले जनतामा थप उत्साह थपेको बताउनुभयो ।

नेपालको समृद्धि र विकासको परिकल्पना र त्यसलाई पुरा गर्ने संकल्प, दृष्टिकोण र योजना र नेतृत्व क्षमता नेकपा एमाले संग मात्र भएकाले मंसिर ४ पछि देशमा एमालेको एकल सरकार बन्ने गरि जनताले मत दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला सचिवालय सदस्य तथा प्रदेश ख निर्वाचन परिचालन कमिटी संयोजक खरमाया विटालु, सचिव प्रगति कार्की, मंगला गाउँपालिका निवर्तमान उपाध्यक्ष सृजना केसी, वडा नम्वर ३ का निवर्तमान अध्यक्ष कविन्द्र रोका, अनेरास्ववियुका गण्डकी प्रदेश अध्यक्ष एवम् एमाले जिल्ला कमिटी सदस्य प्रकाश पौडेल, जिल्ला कमिटी सदस्य ईश्वर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

मंगला–४, नम्बर वडामा एमाले वडा कमिटीका अध्यक्ष अर्जुन रोकाको अध्यक्षता र पालिका कमिटी उपसचिव दर्पण रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै ३ नम्बर वडामा वडा कमिटी उपाध्यक्ष सेतीमाया विश्वकर्माको अध्यक्षता, पालिका कमिटी उपसचिव रोकाको स्वागत र जिल्ला सदस्य कलाधर कँडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोका लगायतले सम्बोधन गर्नुभएको थियो ।

You can share this post!

भकिम्ली र बरंजामा चुनावी सभाः विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिन नेताहरुको अनुरोध

बाम लोकतान्त्रिक गठबन्धनको बेनी बजारमा घरदैलो

Related posts