माओवादी कार्यकर्ता थापा एमालेमा प्रवेश

म्याग्दी । नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ता खड्क बहादुर थापा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
बिहिवार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालकोटबाट थापालाई एमालेमा स्वागत गर्नुभएको हो । थापा म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी निवासी हुनुहुन्छ ।

हाल काठमाडौँमा म्याग्दी लक्ष्मी गेष्ट हाउस संचालन गरिरहनुभएका थापाले यस अघि माओवादी पार्टिको विचार र सिद्धान्तलाई अवलम्वन गर्दै आउनु भएको थियो ।

२०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादी नेता हितमान शाक्यलाई जिताउनका लागि काठमाडौँमा महत्वपूर्ण भूमिका निभाउनु भएका थापाले त्यसयता निरन्तर माओवादीमै रहेर राजनैतिक क्रियाकलाप गर्दै आउनुभएको थियो ।

हाल देशका पछिल्लो राजनैतिक अवस्थामा माओबादी केन्द्रले गल्ती कमजोरी गर्दै गएपछि पार्टि त्याग गरको थापाले बताउनुभएको छ । थापा काठमाडौँका विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक कार्यहरु समेत गर्दै आउनुभएको छ ।

धौलागिरी गाउँपालिकाबाट काठमाडौँमा वसोवास गर्नेहरुको एक सामाजिक संस्थाको कोषाध्यक्ष समेत रहनुभएको थापा समाजसेवि एवं सहयोगी हुनुहुन्छ ।

थापालाई एमालेमा स्वागतका लागि नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसी लगाएतका नेताहरु बालकोट पुग्नुभएको थियो ।

थापाको प्रवेशले धौलागिरी गाउँपालिकामा एमालेको संगठन थप बलियो हुने बताईएको छ ।

You can share this post!

शिवरात्रीमा संकलित भेटी सार्वजनिक

याम किसानको उपचारमा अष्ट्रेलियाबाट सहयोग

Related posts