उघोगी र व्यवसायी लाई टिकाउनु नै अहिलेको मुख्य एजेन्डा हो उवासंघ म्याग्दी

पछिल्लो समय रात दुई गुणा र दिन चार गुणाका दरले कोरोना संक्रमण फैलिरहेको छ । विश्व ब्यापी रुपमा फैलिरुहेको कोरोनाले नेपालमा हाल माहामारीको रुप लिदै जान थालेको छ । जसका कारण म्याग्दीका उघोगी तथा ब्यवसायिहरुले पनि ठुलो क्षती ब्यहोरी रहेका छन् । जिल्लामा सबै भन्दा बढी मात्रामा पर्यटन ब्यवसाय धाराप स्थितीमा पुगेको छ । पर्यटन भित्र पनि होटल र यातायात व्यवसायिहरु लाई अहिलेको अवस्थामा चल्न नै मुस्कील भएको छ । यो महामारीको अवस्थामा उघोगी र ब्यवसायीहरुलाई टिकाउने नै उघोग बाणिज्य संघ म्याग्दीको मुख्य एजेन्डा रहेको संघ अध्यक्ष उत्तमकुमार कर्मचार्यले बताउनु भएको छ ।
अहिले उवासंघ म्याग्दी ब्यबसायिहरुमा पर्न गएको समस्याका बारेमा गम्भीर भएर काम गरिहेको कर्मचार्यले बताउनु भयो । संघमार्फत २० लाख भन्दा तल बार्षिक कारोबार गर्ने ब्यवसायिहरुलाई कर कार्यालय बागलुङ्ग सँग समन्वय गरी उघोग बाणिज्य संघबाट नै कर बुझाउने ब्यवस्थापन गरेको उहाँले बताउनु भयो । यसबाट एक हजार पाच सय भन्दा बढी म्याग्दीका उघोगी तथा ब्यवसायिहरुलाई सहज भएको उहाँले बताउनु भयो ।

भाडामा ब्यवसाय सञ्चालन गर्दै आएका व्यवसायिहरुको हितका लागि सरकाले पुर्णरुपमा लकडाउन गरेको अवस्थामा उघोग वाणिज्य संघ म्याग्दी र बिषयगत ब्यवसायीक संघ संग सहकार्य गरी संघ मार्फत ब्यवसायीका घर धनी सँग पत्रनै काटेर एक महिनाका लागि घर भाडा छुट दिन उवासंघ म्याग्दीबाट अनुरोध सहितको प्रत्रचार गरिएको उहाँले बताउनु भयो ।
उहाँहरुले चार्डपर्वको नजिक आइरहेको र दशै तिहारमा नयाँ कपडा लगाउने चलन रहेको बताउँदै फेन्सी ब्यवसायिहरु लाई पनि आफ्नो क्षेत्रबाट सुरक्षा अपनाउन आग्रह गरेको बताउनु भयो । ब्यवसायिहरुलाई पर्न गएको समस्याको मध्यनजर गरी जिल्ला भित्र सञ्चालनमा रहेका बैकहरु सँग पर्यटन व्यवसायि अन्तर्गत होटल व्यवसायिहरु र यातायत ब्यवसायिह लाई पहिलेको नै भ्यालुयसन्मा १० प्रतिशत रिण थप गर्नका लागि उवासंघ बाट पहल गरेर कार्यान्वयनका चरणमा गएको बताउनु भयो ।
पर्यटन ब्यवसायि हरु सँग जोडिएका करीब ५ हजारको हाराहारीमा रोजगारी गुमेकालाई कृषि फार्म मार्फत गाउँमा नै व्यवसायिक बनाउनका लागि पहल गरेको उहाँले बताउनु भयो ।
संघका दिप्तीय उपाध्यक्ष राजेश शाक्यले जिल्लामा खाद्यय संकट हुन नदिनका लागि संघले अप्ठ्यारो ठाउँहरुमा सहजिकरण गर्दै आएको बताउनु भयो । उहाँले जिल्ला भित्रका प्रकृतिक विपती सँग जुधिरहेका गाउँपालीकाहरु धौवलागिरी र मालिका गाउँपालिका लाई एक÷एक लाख र अन्य बेनी नगरपालिका सहित मंगला, रघुगंगा र अन्न पुर्ण गाउँपालिका लाई पचार हजारका दरले रकम उवासंघ मार्फत उपलब्ध गराईने बताउनु भयो । कोरोना महामारीमा व्यवसायीहरु तथा जिल्ला बासीका निम्ती बेनी बजारमा रहेको बेनी सामुदायिक माविको भवनमा नगरपालिकाको आर्थिक सहयोग र डिसीसीएमसी म्याग्दीको समन्वयमा उघोग बाणिज्य संघको नेतृत्वमा आईसोलेशन कक्ष निमार्ण कार्य पनि गरिएको उवासंघ म्याग्दीले जनाएको छ ।

You can share this post!

काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल बन्ने

मंगला गाउँपालीका एक वाट काठमाडौं गएका एक पुरुषमा कोरोना पुष्टि

Related posts