म्याग्दी । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ मंगला गाउँपालिका कमिटिको वैठक मंगलबार सम्पन्न भएको छ ।
गाउँपालिकाको केन्द्र बावियाचौरमा संचालन भएको बैठकले आसन्न स्थानीय तहको चुनावमा युवा परिचालन, वडा कमिटि गठन तथा टोल टोलमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले ११ जना थप गरि ३५ सदस्यीय पालिका कमिटिलाई पुर्णता दिएको छ भने ११ सदस्यीय सचिवालय कमिटि गठन गरेको राष्ट्रिय युवा संघ मंगला गाउँपालिका कमिटि सहसंयोजक कुमार किसानले जानकारी दिनुभयो ।
बैठकलाई सम्वोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य एवँ युवा फाँट प्रमुख दिनेश केसीले युवा संघ पार्टिको अभिन्न अंगको रुपमा रहेकाले पार्टिलाई मजबुत बनाउनका लागि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले युवा संघमा आवद्ध युवाहरु बौद्धिक, विवेकशील क्षमतावान र उर्जाशील भएको भन्दै आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ परिचालन हुने बताउनुभयो ।
नेकपा एमाले पालिका कमिटि अध्यक्ष एवं मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले युवा संघका आवद्ध सम्पूर्ण युवाहरु एकढिक्का भएर चुनावी अभियानमा लाग्नका लागि अनुरोध गर्नुभयो ।
पार्टिको हरेक गतिविधिमा युवा पंक्तिको आवश्यकता महसुस गर्दै रोकाले युवाहरुलाई संरक्षण गर्नका लागि पार्टिले आवश्यक योजना बनाउनु पर्ने बिचार व्यक्त गर्नुभयो ।
बैठकमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवँ मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसी, केन्द्रिय सदस्य एकजित रोका, जिल्ला संयोजक शिशिर शाही, पालिका कमिटि संयोजक दिलिप बुढाथाकी लगायतले बोल्नुभएको थियो ।
बैठक युवा संघ पालिका कमिटि संयोजक बुढाथोकीको अध्यक्षता र सहसंयोजक किसानको संचालनमा सम्पन्न भएको थियो ।