जापानको नागोयामा सात तला घरबाट हामफाल्ने पुनको घर म्याग्दी भएको आशंका

जापानको नागोयामा एक नेपाली युवाको मृत्यु भएको छ । आफु बस्ने घरको सात तला माथिबाट हाम फाली आत्महत्या गर्ने प्रयास गरेका भरत पुन म्याग्दीका हुन सक्ने आसंका गरीएको छ । हाम फालेपछि उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा पुनको मृत्यू भएको हो एक अनलाइनले समाचार छापेको छ ।
एनआरएन नागोयाका संयोजक स्याम शितलको अनुसार घटनाको बारेमा विस्तृत छानविन भईरहेको भन्दै नागोया प्रहरीले जानकारी दिन नमिल्ने बताएको उक्त अनलाइनमा समाचार रहेको छ । घटनाका बारेमा थप जानाकारी लिन म्याग्दी बाट जापान गएका सँग बुझ्दा पोखरा वा म्याग्दी मध्य कुन ठाउँका युवा हुन् भन्ने एकिन भै नसकेको बताए । उनीहरुले पनि आफुले पनि समाचार माध्ययम मार्फत उक्त समाचार जानाकारी पाएको र घटनाका बारेमा जानाकारी लिदै गरेको बताए ।

You can share this post!

जबरजस्ती करणी मुद्दाका फरार भिरमुनिका अभियुक्त १० महिना पछी पक्राउ

गण्डकी प्रदेश सांसद केसी र नेकपा नेता श्रेष्ठमा कोरोना पुष्टि

Related posts