तिहार पर्वको अवसर पारि नवौँ केवाईसी भलिबल कप संचालन हुने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ मा रहेको काउलेगौडा युवा क्लव केवाईसीले नवौँ केवाईसी कप भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । शुभ दीपावली पर्व २०७९ को पावन अवसर पारि वृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष राजिन पुरीले जानकारी दिनुभयो ।

कार्तिक ४ गतेदेखि ८ गते सम्म कार्यक्रम संचालन हुने भएको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ६१ हजार १ सय ११ र द्वितिय पुरस्कार ३६ हजार ६ सय ६६ ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।

त्यस्तै प्रौढ भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ३३ हजार ३३३ र द्वितिय पुरस्कार २० हजार ५५५ तथा महिला भलिबलमा प्रथम २५ हजार ५५५ र द्वितिय १५ हजार ५५५ ट्रफि मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको मेला संयोजक नगेन्द्र बस्नेतले बताउनुभयो ।

कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता, महिला पुरुष लठो, अन्धनिशान, म्युजिकल चियर, भालेछुने लगायतका प्रतियोगितात्मक खेलहरु संचालन हुने क्लवले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई अवार्डको समेत व्यवस्था गरिएको छ ।

तिहार पर्वको अवसरमा केवाईसीले बर्षेनी खेलकुद तथा सांस्कृति कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसबर्षपनि तिहार पर्वको शुभकामना सहित वृहत सांस्कृतिक कार्यक्रमहरु सहित खेलकुद प्रतियोगिताको आयोजना गरिएकाले खेलाडी तथा सम्पूर्ण महानुभावहरुलाई क्लवले निमन्त्रणा गरेको छ ।

नवौँ केवाईसी भलिबल कपलाई काउलेगौडा घर भई हाल युके निवासी व्रिटिस आर्मी भोज बहादुर बानियाँ र सरिता बानियाँले रु ६२ हजार प्रदान गर्दै मुख्य प्रायोजन गर्नुभएको छ । बानियाँ परिवार क्लवको खेलमैदान निर्माणका लागि जग्गादाता समेत हुनुहुन्छ । त्यस्तै बेनी नगरपालिका वडा नम्वर ९ को कार्यालय सह–प्रायोजकको रुपमा रहेको छ ।

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष समेत रहनुभएका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ संस्थापक अध्यक्ष रहेको क्लवले जिल्लामा भलिबल खेलको क्षेत्रमा विशेष पहिचान बनाएको छ । राष्ट्रिय खेलाडी सुजन चोखाल केवाईसीकै उत्पादन हुनुहुन्छ । जिल्लाका हरेक प्रतियोगितामाहरु केवाईसी क्लवको वर्चस्व कायमनै रहको छ । खेलको विकास, खेलाडी उत्पादन, कला संस्कृतिको संरक्षण सहित क्लवले सामाजिक सेवाका कार्यहरु समेत गर्दै आइरहेको छ ।

You can share this post!

एमालेका उम्मेदवारद्वारा घरदैलो र मतदाता भेटघाट गरी भोट माग्दै (तस्विरसहित)

बेलायतको प्लेमाउथमा दशैं तिहार विशेष कार्यक्रम सम्पन्न

Related posts