शत्रुभञ्जन म्याग्दीद्धारा भुतपुर्व सैनिक सम्मेलन

बुधबार म्याग्दी जिल्लामा रहेको नेपाली आर्मीको गुल्म शत्रुभञ्जन गुल्म म्याग्दीले भुतपुर्व सैनिक सम्मेलन गरेको छ । म्याग्दी जिल्ला सहित छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालीका भित्र रहेका नेपाली सेनाका भुतपुर्व सैनिकहरुको सम्मेलन गरीएको शत्रुभञ्जन गुल्मका गुल्मपती रविन्द्र बुढाथोकीले बताउनु भयो ।


सम्मेलनकै क्रममा नेपाली सेनाको तर्फबाट शत्रुभञ्जन गुल्मको टोलि र पुर्व सैनिक विच अन्तरक्रिया कार्यक्रम गरीएको छ । करीब ६० जना पुर्व सेनाको उपस्थिती रहेको उक्त कार्यक्रमको सहजिकरण गुल्मका गुल्मपती रविन्द्र बुणथोकिले गर्नु भएको थियो । गत बर्ष नै गरीने भनिएको उक्त सैनिक सम्मेलन कोरोना माहामारीका कारण यस वर्ष गरीएको हो । सम्मेलनका अवसरमा सेनाको तर्फ बाट प्राप्त हुने सेवा सुविधाका बारेमा जानाकारी गराईएको थियो भने बडा भोजको आयोजना सँगै पुर्व सेनाहरुलाइ आवश्यक खाद्यान्न, मेडिकल सामाग्री र कम्मल वितरण गरीएको थियो ।

You can share this post!

निर्वाचन आयोगमा ओलीको दाबी नेकपा फुटेकै छैन, निर्वाचन अवधिमा दलको विवादमा आयोग पस्न मिल्दैन

म कुनै गुटमा छैन, अपिल पत्रलाई गलत तरिकाले व्याख्या गरीयोः सापकोटा

Related posts