लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

म्याग्दी । लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा नन्दु पाईजा चयन हुनुभएको छ । सोमबार बेनीमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट बर्ष २०२२–०२३ का लागि अध्यक्षमा पाईजा चयन हुनुभएको हो ।

बेनी पिस सिटीको नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, द्वित्तिय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, तृतिय उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा बामदेव रिजाल र कोषाध्यक्षमा दुर्गा बुढा चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पाईजाले सामाजिक सेवामा सक्रिय भएर काम गर्ने प्रविद्धता जनाउनुभएको छ । क्लवले स्थापनाकालदेखि नै जिल्लामा बिभिन्न सामाजिक गतिबिधिहरु गर्दै आएको छ ।

बिश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका अभियानका क्रममा क्लवले निशुल्क एम्वुलेन्स सेवा संचालन गरेको थियो । सेवाबाट म्याग्दी जिल्लाका धेरै बिरामीहरुले गाउँबाट बेनी तथा बेनीबाट पोखरा सम्मका निशुल्क सेवा लिएका थिए ।

त्यस्तै कोरोनाकै समयमा भएको लकडाउनबाट प्रत्यक्ष मारमा परेका बिपन्न बर्गलाई खाद्यान्न सामग्री सहयोग तथा मास्क स्यानिटाईजर लगाएतका स्वास्थ्य सामग्री पनि बितरण गरेको थियो ।

अधिवेशनमा संस्थापक अध्यक्ष राजेश शाक्य, लायन्स क्लव अन्तराष्ट्रियका सिनियर एड्भाइजर लोकेश पुन, पूर्व अध्यक्ष खम थापा, निवर्तमान अध्यक्ष सुवर्ण रिजाल लगायतको उपस्थिति रहेको थियो ।

You can share this post!

सिगाना माविमा अनेरास्ववियुको संगठन बिस्तार

सुशासन, संस्कृति र नैतिकता सभ्य समाजका आधार

Related posts