मगर विद्यार्थी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको भोली ( शुत्रबार ) देखि सुरु हुने दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पु¥याईएको छ । पोखराको रंगशाला गेट अगाडी रहेको मगर संघको सभाहलमा आयोजना हुने अधिवेशनका लागि प्रचार प्रसार, आर्थिक संकलन, आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, खानाका लागि मेस व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका तयारीलाई अन्तिम चरणमा पु¥याईएको संघका सचिव समिर रोका मगरले जानकारी दिनुभयो ।

अधिवेशन भव्य रुपमा सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरि तयारी थालिएको थियो । प्रदेश समितिका अध्यक्ष बिष्णु आले मगर मुल संयोजक रहेको अधिवेशनका लागि प्रचार प्रसार विभाग संयोजकमा समिर रोका मगर, आर्थिक विभागमा प्रेम बुढा मगर, आवास व्यवस्थापनमा उमा पुन मगर, प्रतिनिधि व्यवस्थापनमा डेक पुन मगर, मञ्च व्यवस्थापनमा सुजन पुन मगर, मेस व्यवस्थापनमा राजिव थापा मगर र सांस्कृति कार्यक्रम संयोजकमा बुद्ध गर्जा मगरलाई जिम्मेवारी दिइएको थियो ।

पूर्ण समानुपातिक र पहिचान सहितको राज्य व्यवस्थाको लागि हाम्रो आन्दोलन, वैज्ञानिक, बहुभाषिक संघीय शिक्षा प्रणालीको पक्षमा दास्रो प्रदेश अधिवेशन भन्ने मुल नाराका साथ आयोजित अधिवेशनको मगर विद्यार्थी संघ केन्द्रीय कार्य समितिका महासचिव प्रेम रोका मगरले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको सचिव रोकाले बताउनुभयो ।

गण्डकी प्रदेशका मनाङ बाहेकका १० वटा जिल्ला, आंगिक क्याम्पस, र पालिका समितिबाट समेत गरि १५० जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन । आफ्नो भेषभुषा सहित उपस्थित हुनका लागि संघले प्रतिनिधिहरुलाई अनुरोध समेत गरेको छ । संघले अधिवेशनको पूर्व सन्ध्यामा विहिबार एक विज्ञप्ती प्रकाशित गर्दै कार्यक्रमालाई भव्य रुपमा सफल बनाउन आवश्यक सहयोगका लागि सवै पक्षलाई अनुरोध समेत गरेको छ ।

२०७६ पुस ४ र ५ गते बागलुङ जिल्लामा ऐतिहासिक पहिलो अधिवेशन सम्पन्न गरेको संघले हाल सम्म गण्डकी प्रदेशको १० वटा जिल्लामा संगठन विस्तार गरेको छ भने ७ वटा आङ्गिक र २० भन्दा बढि अन्य क्याम्पस तथा विद्यालयहरुमा इकाई समिति गठन गरिसकेको छ ।

स्थापनाकाल देखिनै संघले मगर समुदायको शिक्षा, भाषा, सस्कृति, परम्परा, मौलिक भेषभुषा लगायतको विषयमा अध्ययन गरि सो को वृद्धिविकासमा महत्वपूर्ण भूमिका निभाउदै आएको र मगर विद्यार्थीहरुको हकहितका लागि रचनात्मक कार्य गरिरहेको संघका अध्यक्ष बिष्णु आले मगरले बताउनुभयो । सर्वसहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने गरि छलफल भईरहेको संघले जनाएको छ ।

You can share this post!

निबन्ध प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता उद्घाटन

Related posts