बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी । बेनीमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको आईतवार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै समन्वय प्रमुख थापाले विद्यार्थीहरुलाई रुचि र क्षमता अनुसारको खेलमा सहभागी गराई उत्कृष्ट खेलाडी उत्पादन गर्न विद्यालयहरुलाई आग्रह गर्नुभएको छ । थापाले विद्यालय स्तरबाटै खेलकुद र खेलाडीहरुको विकासमा आवश्यक कार्यक्रमहरु संचालन गर्नु नगरपालिका तथा अन्य स्थानीय तहहरुको दायित्व रहने पनि बताउनुभयो ।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कार्यपालिका सदस्य तथा प्रतियोगिता व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक कृष्ण कुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायते प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले प्रमुख अफिसियल सिद्धान्त अधिकारी र खेलाडीको तर्फबाट न्यू वेष्ट पोइन्टका रोहित पर्टेललाई अनुशासितपूर्वक खेल खेलाउन र खेल्नका लागि शपथ ग्रहण गराउनुभएको थियो ।

उद्घाटन सत्रमा प्रकाश मावि, बेनी सामुदायिक र बालमन्दिर आधारभूतका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा बेनी नगरपालिकाका २५ वटा विद्यालयहरु सहभागि भएका छन । उद्घाटन पूर्व विद्यार्थी, अतिथि तथा आयोजकहरु सहितको टोलीले बाजागाजा सहित बेनी बजार परिक्रमा गरेका थिए । भने सहभागि विद्यार्थीहरुले खुल्ला मञ्चमा मार्चपास समेत गरेका थिए ।

कार्यक्रम नगर प्रमुख सुरत केसीको अध्यक्षता, उपप्रमुख ज्योति लामिछानेको स्वागत र शिक्षा अधिकृत कमल ढकालको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा एथलेटिक्स तथा भलिबलका खेलहरु सुरु भएका छन । भने मार्सल आट्स तर्फका खेलहरु सकिएको बताईएको छ ।

You can share this post!

४० वर्षपछि पोखराबासीको सपना पूरा, प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

राष्ट्रपति रनिङ्ग शिल्डः भलिबलको दुईखेल र १५ सय मिटर दौड सम्पन्न

Related posts