राष्ट्रपति रनिङ्ग शिल्डः भलिबलको दुईखेल र १५ सय मिटर दौड सम्पन्न

म्याग्दी । आईतवारदेखि बेनीमा सुरु भएको बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको दुई खेल सम्पन्न भएका छन ।

बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको प्राङ्गणमा सुरु भएको पहिलो खेलमा न्यू वेष्ट पोइन्टले जयन्ती मावि भकिम्लीलाई सोझो सेटमा जितेको छ । त्यस्तै पौलस्त्य मावि भिरमुनी र धवलागिरी मावि सिङ्गा विच भएको दोस्रो खेलमा सोझो सेटमा पौलस्त्य विजयी भएको छ ।

आईतवार नै १५ सय मिटर छात्र छात्रा दौड प्रतियोगितामा सम्पन्न भएका छन । छात्रातर्फ बेनी सामुदायिककी कमल बानियाँ प्रथम, गलेश्वर माविकी रिता विश्वकर्मा द्वितिय र माउन्ट एभरेष्ट आवासीय माविकी केविना पाईजा तृतिय भएका छन । प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएका थिए ।

त्यस्तै छात्रतर्फ बेनी सामुदायिक माविकै गणेश छन्त्याल प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय माविका रोहित पर्टेल द्वितिय र लिटल गार्डेन एकेडेमीका बुद्ध पुनले तृतिय स्थान हासिल गरेका छन । छात्रतर्फ १९ वटा विद्यालयको सहभागी भएका थिए ।

छात्र भलिबलमा ८ र छात्रा भलिबलमा ५ विद्यालयको सहभागिता रहेको खेल संचालन तथा व्यवस्थापनको जिम्मेवारीमा रहेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । त्यसैगरि मार्सल आर्टसतर्फ कराते, तेक्वान्दो र उसुका खेलहरु भने शनिवार नै सम्पन्न भएका छन । प्रतियोगिता पौष १९ गते सम्म संचालन हुनेछ ।

 

You can share this post!

बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

रघुगंगाका महिला उद्यमीहरु संगठित

Related posts