नेकपा म्याग्दीको सेक्रेटरीमा उषा घर्ती मगर

म्याग्दी । नेपाल कम्प्युनिष्ट पार्टी म्याग्दीको सेक्रेटरीमा उषा घर्ती मगर चयन हुनुभएको छ । बुधबार सदरमुकाम बेनीमा आयोजित चौँथो जिल्ला सम्मेलनबाट उषाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो । त्यस्तै ७ सदस्यीय सल्लाहकार कमिटी पनि चयन भएको छ ।

जिल्ला सम्मेलनबाट चुनिएका अन्य पदाधिकारी, कार्यसमितिको नाम भने गोप्य राखिएको छ । जिल्ला सेक्रेटरी उषा तत्कालिन माओवादी जनयूद्धमा २०५८ सालमै भूमिगत भएर जनयूद्धको अग्रमोर्चामा सहभागी हुनुहुन्थ्यो ।

बेनी आक्रमण सहित माओवादीका ठूला भिडन्तमा समेत प्रत्यक्ष संलग्न उषाले जनयूद्धको मर्मलाई बिर्सिएर संसदबादी दलमा फसेकाहरुबाट अलग भएर जनक्रान्तिको अभियानमा जुटेको बताउनुभयो ।सम्मेलनको उद्घाटन गर्दै केन्द्रिय सदस्य धुब्र घिमिरे ‘विप्लव’ले जनताको अधिकार स्थापित गर्नका लागि एकिकृत जनक्रान्ति आवश्यकता रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार पुँजीपतिहरुको लागि मात्रै भएको भन्दै गरिव, निमुखा जनताहरु सरकारको नजरमा नपरेको बताउनुभयो । हाल देशमा रहेका कम्युनिष्ट पार्टीहरु पनि कम्युनिष्ट विचार र सिद्धान्त अनुसार नचलेको उहाँको भनाई थियो । कम्युनिष्ट पार्टीले पनि कांग्रेससँग मिलेर पुँजीपति वर्गको प्रतिनिधित्व गरेको आरोप समेत लगाउनुभएको छ ।

सम्मेलनमा स्याङ्जा र पर्वत इन्र्चाज बिकिरण, म्याग्दी कम्यूनिष्ट आन्दोलनका धरोहर धुब्रलाल शर्मा, शिब श्रेष्ठ र लालु किसान, गोपाल पौडेल लगायत जिल्लाभरबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अनेमसंघ केन्द्रिय सदस्य गोमा गर्बुजाको स्वागत र अविरलेको संचालनमा सम्मेलन सम्पन्न भएको थियो ।

 

You can share this post!

मालिकाको दरवाङमा सुआहाराको कार्यशाला गोष्ठी

जनस्वास्थ्य सेवा सुचकका आधारमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो

Related posts