राम गगनको ‘जाम भो साईली’ मनै धर्काउने गीत साँगीतिक बजारमा (भिडियो सहित)

म्याग्दी । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो ।

गायक गगनकै शब्द तथा लय सृजनामा रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गर्नुभएको हो । गीतको म्युजिक भिडियोको निर्देशन समेत गायक स्वयम्ले नै गर्नुभएको छ ।

दिप सागर, रिया खड्का, रिती खड्का, जीवन कार्कीको अभिनय रहेको गीतको म्युजिक भिडियोको छायाँकन सन्जय बुढाथोकी मगरले गर्नुभएको छ ।
माया पिरतीमा आधारित गीतको म्युजिक भिडियोमा बाध्यतावस प्रदेश पस्नु परेको कथालाई समावेश गरिएको छ ।
https://www.youtube.com/watch?v=q7zeUCak_eQ

चोखो माया गरेका मायालु जोडिलाई परिवार तथा समाजबाट समेत असहयोग भएपछि भागेर शहर पसेको कारुणिक दृष्य गीतमा समावेश गरिएको छ ।
चोखो माया गर्ने जोडिलाई कसैले रोक्न छेक्न सक्दैन, साँचो माया धनमा होइन मनमा हुन्छ, भन्ने सन्देश गीतबाट दिन खोजिएको गायक गगनले बताउनुभयो ।

गीतका टुक्काहरु टिकटकमा समेत अत्यधिक रुचाउन थालिएको उहाँले बताउनुभयो । ‘दुईदिनमै २० हजार बढिले टिकटक बनाउनुभएको छ, केहि बर्षको अन्तरालमा बजारमा आएको यो गीतले लोक संगीतप्रेमीको प्रसस्तै माया पाउने आशा गरेको छु’ गायक गगनले भन्नुभयो ।

म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा जन्मिनुभएका गायक गगनले एक दशक वढि सयम गीत संगीतमा बिताउनुभएको छ । उहाँले हेर्दामा राम्रो बेनीको बजार सालैजो, जिन्दगी, साईलो दाई, पश्चिम हिडियो, घुमाईदेउ स्वर, घर छोड्दाको रात, चन्चले मायाले लगायतका गीतहरु प्रस्तुत गरिसक्नुभएको छ ।

You can share this post!

कुहुँका वडा अध्यक्ष रोका एसइईमा उर्तिण

प्रतिष्ठान म्याग्दीद्वारा निशुल्क योग शिविर संचालन

Related posts