म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –७ विममा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा टकलाल पुन ४२७ मत लिएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्प्रर्धी नेकपा माओवादीका रुविन जुग्जालीले ३६९ र नेपाली काँग्रेसका लोक कुमार पुनले १४७ मत प्राप्त गर्नुभएको हो ।
सदस्यहरुमा नेकपा एमालेबाट रजनी रोका जुग्जाली, मिमसरा श्रीपाली, तिलक बहादुर जुग्जाली र हर्कमान जुग्जाली निर्वाचति हुनुभएको छ ।
पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको एमालेले मालिकाको वडा नम्वर २ रुम र वडा नम्वर ६ दरवाङ र वडा नम्वर ७ मा प्यानल सहित जित हाँसिल गरेको छ ।
वडा नम्वर १, ४ र ५ मा नेपाली काँग्रेस र वडा नम्वर ३ मा नेकपा माओवादी विजयी भएका छन ।