लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो ।

सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद गौचनले थप पुर्वाधार निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । उहाँले युवा नै देशको अग्रगामी विकासका मुल आधार भएको सांसद गौचनले बताउनुभयो । युवाको मेहनतले नै देश बन्ने भएकोले युवालाई स्देशमै बस्ने वातावण बनाउन राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कांग्रेस म्याग्दीका पुर्व सचिव क्याप्टेन मिनबहादुर कार्की र वडा अध्यक्ष एकजित रोकाले गाउँको हरेक क्षेत्रको विकास र परिवर्तमान युवा क्लबले ठुलो भुमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा थप पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजनको लागि पहल गर्ने बताउनुभयो ।

वडा सदस्य नरबहादुर खत्री,समाजसेवी इश्वर आचार्य ,क्लबका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनजागृती माविका प्रअ टेक राम्जाली युवा क्लबले विगतदेखि नै खेलकुद क्षेत्रको विकास ,सामाजिक परिवर्तन र स्थानीय कला संस्कृतिको संरक्षणमा ठुलो भुमिका खेलेको बताउनुभयो ।

सांसद गौचनको पहलमा गण्डकी प्रदेश सरकारबाट दश लाख र क्लबले थप गरेर करिब साढे एघार लाख रुपैयाँमा स्टेज निर्माण गरिएको क्लब अध्यक्ष खगेन्द्र खत्रीले बताउनुभयो । स्टेज निर्माण भएपछि सहज भएको क्लब अध्यक्ष खत्रीले बताउनुभयो ।

यसैगरी,सांसद गौचनको पहलमै प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ लागतमा खेलमैदानमा घेराबार गरिएको छ । उहाँले स्टेजको स्टोर कोठा पुर्णता दिन र खेलमैदानलाई थप व्यवस्थित बनाउन थप बजेट सहयोग गर्न आग्रह गर्नुभयो ।

क्लबद्धारा आयोजित तिहार मेलाबाट प्राप्त आम्दानी ,स्वदेश तथा विदेशमा रहेका पुर्णगाउँबासीबाट संकलित सहयोग रकमबाट क्लबले खेलमैदानको लागि जग्गा खरिद गरेको थियो । शनिबार खेलमैदान निर्माणमा गर्न आवश्यक जग्गा खरिद गर्नका लागि सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेको छ ।

अधिवेशनबाट क्लको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्रवेश थजाली ,सचिवमा भरत अर्मजा ,सहसचिवमा ऋषिकेश तिवारी ,कोषाध्यक्षमा विन्दु विक चयन हुनुभएको छ । भने सदस्यहरुमा कुमार विक,रबि राम्जाली ,भविन्द्र राम्जाली ,निशान पुन ,कौशिला पुन ,सुस्मिता पुन ,सन्ध्या खत्री चयन हुनुभएको छ ।

यसैगरी क्लबको सल्लाहकारहरुमा टेकबहादुर राम्जाली,गोविन्द सुवेदी ,अर्जुन आचार्य ,इश्वर आचार्य र शिव आचार्य चयन हुनुभएको छ । कार्यक्रममा निवर्तमान सहसचिव अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान उपाध्यक्ष गौचनले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा समुह,क्लबका सदस्य लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

You can share this post!

रितुङ्ग माविमा ५ लाखको अध्यक्षकोष स्थापना

साइबर सुरक्षा तथा कानुन सम्बन्धी तालिम सम्पन्न

Related posts