रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २८९, नेकपा माओवादी केन्द्रकी मिना बिकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत प्राप्त गर्नुभएको थियो ।

आठ वटा वडा रहेको रघुगंगाको पाँच वटा वडा काँग्रेस र तीन वटा वडामा एमालेका उम्मेदवार प्यानल सहित विजयी भएका छन् ।

रघुगंगा–१ बेगमा काँग्रेसका बिलबहादुर फगामी, २ भगवतिमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा काँग्रेसका पविन गर्बुजा, ५ झिँमा काँग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा काँग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमंगलेमा काँग्रेसका गमान छन्त्याल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

१३ हजार ९४७ जना मतदातामध्ये ९ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

You can share this post!

बेनी– ४ सिंगामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी

मंगला –५ अर्मनमा नेकपा एमालेको प्यानल विजयी

Related posts