राष्ट्रियसभा चुनावः गठवन्धनको झण्डै ‘क्लीन स्वीप’, एमाले एक जितमा खुशी सूचीसहित

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनले शानदार जित हासिल गरेको छ । यद्यपि, गठवन्धनलाई ‘क्लीन स्वीप’ गर्नबाट भने एमालेले रोक्यो ।

अन्तिम परिणाम अनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठवन्धनमा आवद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएपछि ‘क्लिनस्वीप’ बाट गठवन्धन चुकेको हो । यस प्रदेशमा पनि गणितीय हिसाबले गठवन्धन नै बलियो थियो । त्यही भएर गठवन्धनका नेताहरु क्लीन स्वीपको दावी गरिरहेका थिए । गठवन्धनको सो दावीलाइ फेल खुवाएको भन्दै एमाले पंति खुशी बनेको छ । साथै, शेर्पाको विजयले राष्ट्रियसभामा एमालेलाई नै ठूलो पार्टीका रुपमा कायम राखेको छ ।

आजको चुनावअघि राष्ट्रिय सभामा २३ सिटसहित सबैभन्दा ठूलो दल थियो । चुनावबाट ७ सिट गुमाए पनि एक जितका कारण एमाले ठूलो दल बनिरहन सफल भएको हो । एमालेसँग राष्ट्रियसभा अध्यक्षसहित १६ सांसद छन् ।

एमालेपछि माओवादी केन्द्र ठूलो दल माओवादी बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीका ४ सिट रिक्त रहेकोमा गठवन्धनको भागबण्डाबाट एक सिट थपेको छ । अब माओवादीको राष्ट्रियसभामा १५ सिट रहने छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ । चुनावअघि ७ सिटमा मात्रै सीमित रहेको कांग्रेसले चार सिट थप्दै तेस्रो ठूलो दल बनेको हो । कांग्रेसका तीन सिट रिक्त रहेका थिए । गठबन्धनमा ६ सिट पाएको कांग्रेसले तीन सिट थपेपछि १० सिट पुर्याएको छ ।

यस्तै, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ । चुनावअघि ७ सिटमा रहेको नेकपा एसका ४ सदस्य रिक्त रहेका थिए । गठबन्धनमा नेकपा एसले ५ सिट पाएको थियो । नेकपा एस एक सिट थप्न सफल भएको हो । अब ८ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।

एक सिट रहेको जनता समाजवादीले गठवन्धनमा २ सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा एमालेका शेर्पासँग पराजित भएपछि जसपाले सम्भावित एक सिट गुमाएको हो । अब राष्ट्रियसभामा जसपाका दुई सांसद भएका छन् ।

प्रतिनिधिसभामा मात्रै रहेको राष्ट्रिय जनमोर्चाको राष्ट्रियसभामा समेत ‘इन्ट्री’ भएको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन् ।

राष्ट्रियसभामा लोकतान्त्रिक समाजवादीको पनि एक सिट रहेको छ ।

कसले कति जिते 

एमाले: सोनम ग्याल्जेन शेर्पा

नेपाली कांग्रेस कृष्णप्रसाद पौडेलवागमती, दुर्गा गुरुङ कर्णाली, कमला पन्त ९गण्डकी, युवराज शर्मा लुम्बिनी, गोपाल बस्नेत प्रदेश १० र नारायणदत्त मिश्र सुदूरपश्चिम

माओवादी केन्द्र जगत पार्की सुदूरपश्चिम, सुरेश आलेमगर ९गण्डकी, नरबहादुर बिष्ट कर्णाली, भुवनबहादुर सुनुवार ९गण्डकी, उर्मिला अर्याल मधेश

एकीकृत समाजवादी( जयन्ती राई प्रदेश १०, गरिमा शाह ९सुदूरपश्चिम, राजेन्द्रलक्ष्मी गैरे ९लुम्बिनी, उदयबहादुर बोहरा ९कर्णाली० र गोमा तिमिल्सेना वागमती

जनता समाजावदी महमद खालिद मधेश

राष्ट्रिय जनमोर्चा( तुलबहार विश्वकर्मा लुम्बिनी

पहिले

एमाले २३

माओवादी  १४

कांग्रेस ७

एकीकृत समाजवादी ७

जनता समाजवादी १

लोसपा १

अहिले

एमाले १६

माओवादी १५

कांग्रेस  १०

एकीकृत समाजवादी ८

जनता समाजवादी  २

राष्ट्रिय जनमोर्चा १

लोकतान्त्रिक समाजवादी १

 

You can share this post!

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

म्याग्दीको जनसंख्या एक लाख सात हजार ३७२

Related posts