पोखरामा सुआहारा कार्यक्रमको पुनर्ताजगी तालिम सुरु

अमेरिकन अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)को आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीवार देखि गण्डकी प्रदेशको राजधानी पोखरामा पुनर्ताजगी तालिम सुरु भएको छ । सुआहारा कार्यक्रम सञ्चालन भैरहेका गण्डकी र लुम्बिनी प्रदेशको ७ वटा जिल्लालाई लक्षित गरेर पोखरामा तालिम सञ्चालन गरिएको हो ।

सुआहारा कार्यक्रमको साझेदार संस्थाहरुको विद्यमान नीति, निर्देशिका र कार्यविधिको समीक्षात्मक प्रस्तुती गर्ने उद्देश्यसहित पुनर्ताजगी तालिम आयोजना गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । तालिममा युएसएआईडी र हेलनकेलर इन्टरनेशनलको नीति, नियमको बारेमा पुनर्ताजगीको लागि जानकारी गराउनुका साथै सुआहारा कार्यक्रमको साझेदार संस्थामार्फत आ–आफ्नो संस्थाले बनाएको नीति, नियमावली र निर्देशिकासहितको प्रस्तुतीकरण गरिएको थियो ।

तालिम अवधिभरमा युएसएआईडी र हेलनकेलरको नयाँ नीतिको विषयमा जानकारी गराउने, संस्थाको विद्यमान नीति, नियमहरुको समयसापेक्ष सुदृढीकरण गर्दै स्थानीय साझेदार संस्थाको दीगोपनामा टेवा पु¥याउने समेत उद्देश्य रहेको सुआहारा कार्यक्रमको गण्डकी प्रदेशका वरिष्ठ प्रदेश संयोजक यामबहादुर जिसीले बताउनुभयो । तालिममा अनुभव आदानप्रदान गर्ने, सहयोगी निकाय र साझेदार संस्थाको नीतिलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।

तालिमको सुआहारा कार्यक्रमको डेपुटी चिफ अफ पार्टी भोलाराम श्रेष्ठ, निर्देशक ब्रह्मध्वज गुरुङ, वरिष्ठ प्रवन्धकद्वय ईन्द्रबहादुर भूजेल र प्रदीप आचार्यले सहजीकरण गरिरहनुभएको छ । दुई दिनसम्म चल्ने तालिममा अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी, स्याङ्जा, म्याग्दी र बागलुङबाट सहभागिता रहेको छ । ती जिल्लामा रहेका साझेदार संस्थाका पदाधिकारी र कर्मचारीसहित कुल ३८ जनाले सहभागिता जनाएका छन् । सन् २०११ बाट नेपालमा सुरु भएको सुआहारा दोस्रो कार्यक्रम अहिले ४२ जिल्लामा सञ्चालनमा रहेको छ ।

बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत सञ्चालित सुआहारा कार्यक्रमबाट खासगरी सुनौलो हजार दिनका महिला, बालबालिका र किशोरीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन भैरहेको छ । यसका साथै सुआहाराले सुशासन, लैङ्गिक हिंसा न्युनीकरण, क्षमता विकास लगायतका कार्यक्रमहरु पनि स्थानीय तहसँगको समन्वय र सहकार्यमा समुदायस्तरमा पुगेर सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

You can share this post!

मालिकामा माओवादीले ग¥यो उम्मेदवार छनौटः त्रिपक्षीय प्रतिस्पर्धा हुने

बाबियाचौरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Related posts