बाबियाचौरमा माओवादीको वडा अधिबेशन समपन्न

मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा, सहसचिबमा लक्षिन मल्ल र कोषाध्यक्षमा सुवा बिक चयन हुनुभएको माओवादी केन्द्रका युवा नेता मोतिलाल पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य टेकबहादुर बिश्वकर्माले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो । सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको उहाँको भनाई थियो ।

माओवादीको पालिका कमिटी संयोजक याम रोकाले माओवादी आन्दोलनका कारण प्राप्त भएको संघीयता, समावेशी, समानुपातिक ब्यवस्थाले दुर्गम क्षेत्रमा बिकासका गतिबिधी बढेका र पछाडी परेका समुदायले अवसर पाएकाले माओवादीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

जिल्ला सदस्य तथा मंगलाका सचिब कुलबहादुर पुन, मोतिलाल पौडेल, जिल्ला सल्लाहकार खड्गबहादुर पुर्जाले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

You can share this post!

ठेकदारले काम नगरेपछि युवाले थाले चरणबद्द आन्दोलन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध

Related posts