रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीका छन्त्याल चार दिनदेखि बेपत्ता 

म्याग्दीका एक यूवा विगत चारदिन देखि बेपत्ता भएका छन्। जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानी घर भएका ३२ बर्षिय मन बहादुर छन्त्याल (मनु) घरबाटै सम्पर्कविहीन भएको बताइएको छ ।

पर्वत बेनीको न्यू होराईजन आवासीय मावि नजिकै बस्दै आएका छन्त्याल आइतबार विहान ४ बजेदेखि परिवारको सम्पर्कमा  नरहेको आफन्त अंकित थापाले जानकारी दिनुभयो।

‘हराएको दिनदेखि नै खोजीकार्य भइरहेको छ,‘अत्तोपत्तो नभएपछि प्रहरीमार्फत खोजीकार्यमा जुटेका छौ’ थापाले भन्नुभयो । गहुँगोरो बर्णको छन्त्यालको उचाई ५.७ रहेको छ ।

बेपत्ता छन्त्यालको परिवारले हराएको भन्दै खोजी गरी दिनका लागि पर्वत बेनी प्रहरी चौकीमा आग्रह गरेका छन् । यता बेपत्ता छन्त्यालका आफन्तले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा मा सम्पर्क गर्न आग्रह गरेको छ ।

You can share this post!

न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा

Related posts