बुटवलमा जारी उपमेयर कपमा म्याग्दी सेमिफाइनलमा प्रवेश

म्याग्दी । बुटवल उप महानगरपालिका नगर खेलकुद बिकास समिति द्वारा आयोजित उप मेयर कप महिला भलिबल प्रतियोगीतामा म्याग्दी सेमीफाइनलमा प्रवेश गरेको छ ।

बेनी नगरपालिकाबाट खेलमा सहभागी म्याग्दीको महिला भलिवल टीमले टिकापुर नगरपालिका कैलालीलाई सोझो दुई सेटमा हराउदै सेमि फाइनलमा प्रवेश गरेको प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा २५ का बिरुद्ध २७ र दोस्रो सेटमा १७ का बिरुद्ध २५ अंक प्राप्त गर्दै म्याग्दी बिजयी भएको हो ।

राष्ट्रीय स्तरको प्रतियोगीता भएकाले म्याग्दीका लागि जित महत्वपूर्ण भएको रोकाले बताउनुभयो । प्रशिक्षकमा रोका, खड्क केसी, गंगा केसी, र तेजेन्द्र बानीयाँ हुनुहुन्छ । प्रशिक्षकको योजना अनुसार निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरेको म्याग्दी उपाधि हात पार्न करिव नजिक पुगेको प्रशिक्षक मलिन रोकाले  बताउनुभयो ।

सेमिफाइनल खेल शनिबार बिहान बेनी नगरपालिका म्याग्दी र तिलोत्तमा नगरपालिका रुपन्देही बिच हुनेछ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद, सबैका लागी खेलकुद भन्ने मुल नाराका साथ महिला भलिबल खेलाडी हरुको क्षमता बिकास र नयाँ खेलाडि उत्पादन गर्ने उद्देस्यले बुटवल उप महानगरपालिका नगर खेलकुद बिकास समितिले अन्तर नगरपालिका स्तरीय उप मेयर कप राष्ट्रीय महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

क्षेत्रीय खेलाडी पबित्रा शिर्पालीको कप्तानीमा म्याग्दी महिला भलिबल टिमले बुटवलमा जारी उपमेयर कपमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।

 

You can share this post!

मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा सम्पन्नः अध्यक्षमा खत्री चयन

लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड

Related posts