दशैँमा च्याङ्ग्राको मूल्य आकासिएपछि स्थानीय भेडाको ब्यापारमा बृद्धि

म्याग्दी । नेपालीहरुको महान पर्व वडादशैँ आजदेखि सुरु भएको छ । प्रत्येक नेपालीहरुले घरघरमा जमरा राखि दशैँको सुरुवात गरेका छन ।

दशैँ भन्दा बित्तिकै चाङ्ग्राको मासु मुख्य हुने गर्दछ । हिमाली क्षेत्रमा पालिने च्याङग्राको मासु स्वादिलो हुने हुँदा पनि खपत राम्रो हुने गर्दछ । तर यसपालि भने च्याङ्ग्राको मूल्य ४० देखि ५० हजार सम्म पुगेपछि धेरैले च्याङ्ग्रा खरिदमा मन मारेका छन ।

मुस्ताङ्ग तथा चिनको तिब्बतबाट आएका च्याङ्ग्राको मूल्य आकासिएपछि म्याग्दीको दोवा, भुरुङतातोपानी, दाना, चिम्खोला, राखु लगाएतका क्षेत्रमा पालिएका स्थानीय भेडाहरुको ब्यापारमा बृद्धि भएको छ ।

स्थानीय भेडाको मूल्य बढिमा २२ हजार सम्म पर्ने भएकाले पनि दशैँको बेला ब्यापार बढेको छ । लेकमा बुकीको चरणमा रहेका भेडाहरुको मासु स्वास्थ्यका लागि फाइदाजनक भएको, सस्तो पनि भएको र मासु पनि बढि हुने भएकाले उपभोक्ताले च्याङ्ग्राको सट्टा भेडा खरिद गर्न थालेको दानाका गंगा पुनले बताउनुभएको छ ।

यसपालिको दशैँ नजिकिदै गर्दा भेडाको खपत राम्रो भएको दानाका भेडा पालक कृषक हरि खत्रीले बताउनुभयो । ‘पोहोरको दशैँमा सबैको घरमा च्याङ्ग्रा देखिन्थे तर अहिले सबैको घरमा स्थानीय भेडा देखिन थालेका छन यसले भेडा पालक कृषकहरुलाई फाइदा पुगेको छ’, उहाँले भन्नुभयो ।

You can share this post!

काँग्रेस बेनी नगर समितिको दशैँ तिहार शुभकामना आदान प्रदान

जिसी द्वारा जन्म दिनको अबसरमा आर्थिक सहयोग प्रदान

Related posts