काँग्रेस बेनी नगर समितिको दशैँ तिहार शुभकामना आदान प्रदान

म्याग्दी । नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बिहिबार बेनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति र एकताको शुभकामना ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा मन्त्री कंडेलले पार्टीलाई बलियो बनाउन नेताहरुले जनतासंग निकटको सम्वन्ध कायम राख्न आग्रह गर्नुभयो ।

कांग्रेसको नेतृत्व गर्ने जिल्ला, प्रदेश र पालिकाका सभापति लगायतका नेताहरुले आगामी स्थानीय चुनाव लक्षित गरेर विभिन्न कार्यक्रम लिएर जनतामांझ जानपुर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकार जनताहरुको समस्या केन्द्रित भएको बताउदै समन्वयको भुमिकामा म्याग्दी कांग्रेस रहिरहनुपर्ने बताउनुभयो ।

बेनी नगर कार्यसमितिका सभापति रविन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति खमविर गर्वुजा, पुर्व उपसभापति नेत्र महत, उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, लगायतका नेताहरुले विजय दशमीको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

बेनी नगर सभापति कार्कीले नगरपालिकामा पार्टीलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकर्तामा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो। नगर सचिव झलक जिसीको संचालनमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

You can share this post!

छोरी जन्माउने १४ आमा सम्मानित

दशैँमा च्याङ्ग्राको मूल्य आकासिएपछि स्थानीय भेडाको ब्यापारमा बृद्धि

Related posts