जिल्ला बास्केटबल संघ म्याग्दी गठनः अध्यक्षमा पुर्जा चयन

म्याग्दीमा जिल्ला बास्केटबल संघ गठन भएको छ । बिहिबार बेनी स्थित जिल्ला खेलकुद बिकास समितिको सभाहलमा आयोजित भेलाले एकिन पुर्जाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बास्केटबल संघ म्याग्दी गठन गरेको हो ।

नबगठित समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सोनीया पुन, र सहसचिबमा नबिन पुन चयन हुनुभएको छ । संघको सदस्यहरुमा युमन पुन,मन बहादुर रोका, अनिष गौचन, रमेश भट्टचन, सुमन पुन रहनुभएको जिल्ला खेलकुद बिकास समितिका सदस्य कुमार किसानले जानकारी दिनुभयो । त्यसैगरि बिसन राना, प्रबिण शाही र छक प्रसाद राम्जाली लाई संघको सल्लाहकारमा चयन गरिएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ्गले नेपालमा बास्केटबल खेलको राम्रो सम्भावना रहेकाले यसको बिकासमा सबैले चासो दिनुपर्ने बताउनुभयो । उहाँले खेल र खेलाडी राष्ट्रको पहिचान भएकाले यसको बिकासमा सरकाले उपयुक्त कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले अब छिट्ट्रै जिल्लामा बास्केटबल खेल आयोजना गरि नबौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा उत्कृष्ट स्थान हाँसिल गर्ने गरि बिशेष तयारी गर्न खेलाडीहरुलाई अनुरोध गर्नुभयो । बास्केटबल खेललाई जिल्लाब्यापी बनाउन आबस्यक कदम चालिने अध्यक्ष केसीले बताउनुभयो ।


कार्यक्रममा गण्डकी प्रदेश बास्केटबल प्रशिक्षक शिव पुन, राष्ट्रिय खेलाडी रामकृष्ण घताने, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख दान बहादुर राइको बिशेष उपस्थिति रहको थियो । कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष बिसन रानाको स्वागत र सदस्य कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

You can share this post!

जालझेल आवश्यक छैन, जेठ २ मा फर्किएर अगाडि बढौंः शाक्य

मलेसियामा मोना गठन, केसीलाई अध्यक्षको जिम्मेवारी

Related posts