सेते तिलिजा पुन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख माविका विद्यार्थीमाझ विभिन्न तीनदिने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
फ्रान्सेली संस्था नेपाली ड्रिम्सको टोली नेली, जेराल्डीन, एनाइस, मेईल र राजनबाट आयोजना गरिएको विभिन्न कार्यक्रम मध्ये पहिलो दिन विभिन्न तस्वीरहरू वितरण गरी त्यसमा रङ भर्ने, सरसफाई कार्यक्रम र फोहोर व्यवस्थापन गरिएको थियो ।
दोस्रो दिनमा कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई करेसाबारी तयार गरी त्यसमा विभिन्न साग, लसुन, आलु, सिमी, गाजर, बन्दा तथा मुला आदिको बीउ जमाईएको थियो । साथै कम्पोष्ट मल निर्माणका लागि कक्षा ९ का विद्यार्थीबाट खाल्टोको तयारी गरिएको थियो । भने अन्य कक्षाका विद्यार्थीलाई वातावरण सम्वन्धि भिडियो प्रदर्शन समेत गरिएको थियो ।
त्यस्तै तेस्रो दिनमा अन्तर सदन फुटवल, भलिवल, स्कीपिङ र व्याडमिन्टन प्रतियोगिता संचालन गरिएको थियो । फुटवलमा रातो सदन प्रथम र निलो सदन दोस्रो भई कापी पुरस्कार पाएका थिए । त्यसैगरी भलिबलमा पहेलो सदन प्रथम भई न्यानो गल्वन्दी पाए भने निलो सदन दोस्रो भइ पेनवक्स पाउन सफल भएका थिए ।
त्यसै गरी ब्याडमिन्टनमा अप्सन पुन, सलिना पुर्जा, गीता गर्वुजा र बसन्त तिलिजा प्रथम भई मेडल प्राप्त गरेका थिए भने नशिव खाति, सिम्रन पुर्जा पुन, जानुका पाइजा र अनिश परियार दोस्रो भइ पेनवक्स पाएका थिए ।
कक्षा १ देखि कक्षा ५ सम्मको स्कीपिङमा कक्षा १ बाट हरियो सदनका ईशा नेपालीले १२८ पटक स्कीपिङ गरी पेनवक्स र कक्षा ५ बाट परि पाइजाले ८८ पटक स्कीपिङ गरी दोस्रो भइ पेनवक्स पुरस्कार प्राप्त गर्नुभएको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धिका लागि उक्त कार्यक्रमहरु संचालन गरिएको नेपाली ड्रीम्सले जनाएको छ ।