प्रधानमन्त्री नपाए पार्टी फोड्ने योजनामा प्रचण्ड

स्थायी कमिटी बैठकबाट कार्यबिभाजन गरी पार्टीको कार्यकारी भुमिका लिनुभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः प्रधानमन्त्रीको दाबी गर्नुभएको तथ्य खुलेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटबार्तामा पार्टी काममा रुची नदेखाई प्रचण्डले एकता गर्दाको सहमतिअनुसार प्रचण्डले सरकारकै नेतृत्व दाबी गर्नुभएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले आफू फेरि प्रधानमन्त्री हुनुपर्ने भन्दै यस्तो दावी गर्नुभएको छ । यो तथ्य बाहिर आएसँगै आफू प्रधानमन्त्री बन्नकै लागि उहाँले बरिष्ठ नेता माधवकुमार नेपालको काँधमा बन्दुक राखेर कर्णालीमा आफ्ना मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फायर खोल्न लगाएको तथ्य पनि उजागर भएको छ । कर्णाली बिवादमा भएको सहमतिबिपरित अध्यक्ष प्रचण्ड गएपछि ११ दिनपछि हिजो शनिवार ओली र प्रचण्डबीच भेटबार्ता भएको थियो ।

सो भेटमा प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने भन्दै सरकारको नेतृत्व दावी गर्नुभएको स्रोतले बतायो । एमाले र माओवादीबीच एकता हुँदा सरकारको नेतृत्व आधा–आधा गर्ने सहमति भएको थियो । सो सहमति जनताको चाहना र स्थीर सरकारबिरोधी भएको भन्दै गत मंसीरमा सचिवालयमार्फत ओली नै पूरा कार्यकाल प्रधानमन्त्री रहने निर्णयसहित प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको थियो । तर प्रचण्डले पार्टी काम सून्यमै राखेर सरकारकै दावी गरेपछि भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले ओलीले सरकार र प्रचण्डले पार्टी काम गर्ने निर्णय गरेको थियो । स्थायी कमिटीले कार्यबिभाजन गरेपनि प्रचण्ड भने पार्टी काम नगरेर पुनः सरकारकै नेतृत्व दावी गरेका हुन ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको भदौमा २ बर्ष ६ महिना पुगेको छ । प्रचण्डको यो दावीसँगै उहाँले स्थीर सरकारको बिरुद्ध अभियान छेडेको प्रष्ट भएको छ । ‘प्रचण्डले पार्टी काम नगर्ने प्रष्ट कुरा राखेर प्रधानमन्त्री चाहियो भन्नुभयो, उहाँको ध्यान पार्टीतिर होइन, सरकारतिरै रहेको प्रष्ट भयो,’ दुई अध्यक्षको बार्ताबारे नेकपा स्थायी समितिका एक नेताले भने । उहाँका अनुसार दुई अध्यक्षबीच शनिवार भएको कुराकानी खासै अर्थपूर्ण रहेन, प्रचण्डको पुरानै ल्याङल्याङ देखेपछि प्रधानमन्त्रीले आफ्नो बाटो लाग्नोस भनेर भन्नुभयो,’ ती नेताले जनताटाइम्ससँग भने, ‘प्रचण्डका सवै देखावटी कुरा हुन, उहाँलाई प्रधानमन्त्री नै चाहिएको देखियो ।’
सरकारलाई कामै गर्न नदिने र मन्त्रिपरिषद पुनर्गठनमा पनि नामै नदिने काम प्रचण्डले नै गरेकोले प्रधानमन्त्रीले दसैं अगाडि ३ जना मन्त्री थप गरेको पनि ती नेताको भनाई छ । प्रचण्डले पुनः प्रधानमन्त्री चाहियो भनेपछि शनिवार प्रधानमन्त्री ओलीले पार्टी निर्णयको अबज्ञा गरी त्यही कुरा चाहिए अव आ–आफ्नो बाटो लाग्दा भयो भनेर जवाफ फर्काएको पनि ती नेताले बताए ।

copy by;- janatatimes

You can share this post!

उवासंघ म्याग्दीका कर्मचारी र बेनी अस्पतालकी स्टाफ नर्ससहित ५ जनामा कोरोना पुष्टि

म्याग्दीका विद्यालयहरुले शुरुगरे ११ कक्षाको आंशिक तथा ग्रेड वृद्धि र नियमित परिक्षा संञ्चालन

Related posts