म्याग्दी । मुटुरोगबाट ग्रसित बेनी नगरपालिका १० पात्लेखेत निवासी दलित अगुवा, याम किसानको उपचारका लागि अमेरिका बाट आर्थिक सहयोग प्राप्त भएको छ ।
अमेरिकामा रहनुभएका लोक तथा दोहोरी गायक एवं मोडल, सामाजिक अभियन्ता सज्जन बोहोराको संयोजनामा नेपाली रु अठ्चालिस हजार रुपैयाँ संकलन गरि किसानलाई प्रदान गरिएको हो ।
अमेरिकाको विभिन्न ठाउँमा रहनुभएका म्याग्देली तथा अन्य जिल्लाका बासीहरु समेतको सहयोगमा सो रकम संकलन गरि पठाईएको अभियन्ता बोहोराले बताउनुभयो ।
बोहोरा सहित तारामिलन छन्त्याल, भिम केसी, संजोक कार्की, दामोदर पौडेल, राजु कार्की, खिम पुन, भविन्द्र रोका, गोविन विवस, आषिस कार्की र राज श्रीपालीले सहयोग गर्नुभएको हो । उहाँहरुले स्वतस्फुर्त रुपमा सो रकम सहयोग गर्नुभएको हो ।
किसानको हाल काठमाडौँको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । मुटुको भल्वको शल्यक्रिया गर्नुपर्ने भएकाले किसानको उपचारमा आर्थिक सहयोग जुटाउनका लागि समिति बनाएर अभियाननै संचालन गरिएको छ ।
म्याग्दी रहँदा पनि सामाजिक अभियानमा सक्रिय गायक बोहोराले यस अघि पत्रकार धु्रवसागर शर्माकी छोरी विनिता शर्माको उपचारमा ३० हजार रुपैयाँ सहयोग संकलन गरि पठाउनुभएको थियो ।