नेपाल नयाँ राजनीतिक कोर्षमा : जनताको नासो जनतालाई नै फिर्ता

हुति भएकाहरूले अब निर्वाचन लड्ने हो, सडकमा रोइलो गर्ने होइन
बगिरहेको नदी र समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । यदी रोक्न खोजियो भने यसले आफ्नो बाटो अवलम्वन गर्छ र अगाडीका अवरोधहरुलाई पन्छाउदै यो आफ्नो गतिमा निरन्तर अगाडी वढिरहन्छ । यो तथ्य संसद विगठन र निर्वाचनको घोषणाको नेपाली राजनीतिमा पनि लागु भएको छ । छेक्न खोजिएको राजनीतिकोे गति र वेगलाई नयाँ निर्वाचनको घोषणाले निरन्तरता दिएको छ । अव मुलुक नयाँ राजनीतिक कोर्षमा प्रवेश गरेको छ ।
नेपालमा कम्युनिष्टहरुको लगभग दुई तिहाईको बहुमत सहितको सरकार थियो । दुई कम्युनिष्ट पार्टीहरु मिलेर भिमकाय नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएको थियो । यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यापक ध्रुविकरणको दिशामा अगाडी बढाउदै थियो । जनतामा समृद्धिको सपना थियो, यी सपनाहरु पुरा हुदै थिए । देशका कुना कुनामा विकासको लहर फैलिदै थियो । राजनीतिक अस्थिरताबाट मुलुक स्थिरतातर्फ अगाडी बढदै थियो । तर यहीबेला हाम्रा केही नेताहरुलाई पदीय महत्वकांक्षाको गतिलो भुत सवार भयो । उहाँहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयताप्रति इष्र्या जाग्यो । सहमति, सहकार्यको राजनीतिबाट घेराउको राजनीति शुरु गरियो र उहाँलाई घेर्न शुरु गरियो । यसकालागि थुप्रै कोठे र गुटे बैठकहरु सम्पादन भए । कोठा कोठामा खल्तीवाट झिकेर मन्त्री पदहरु बाँडिए । जसरी हुन्छ केपी शर्मा ओलीलाई पदबाट हटाऔँ र आफु राज गरौँ भन्ने एक शुत्रीय गायत्री मन्त्र कार्यकर्ताहरुलाई वाचन गर्न लगाइयो । तर यी सवै दुश्प्रयासहरु असफल भए ।
नेपाली जनतालाई राम्रैसँग थाहा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको विषयलाई लिएर यहाँ उहाँको आयु तोक्नेहरु धेरै थिए । मृगौला प्रत्यारोपणको समयमा उहाँको दीर्घजीवन र सफल प्रत्यारोपणको कामना गरेर दीप प्रज्वलन गर्ने लाखौ कार्यकर्ताहरु थिए । तर उहाँको जीवनको दिन गनेर अवको पार्टी अध्यक्ष र प्रधानमन्त्री फलानो ढिस्कानो भनेर अनुमान गर्ने केही थान राजनीतिक पण्डितहरु पनि थिए । ती पनि बाहिरका होइनन, पार्टीभित्र नै थिए । तर ४ बर्षे गोलघर सहितको १४ बर्षे जेलले नगलाएको केपी शर्मा ओलीका जीवनका जीजिविषाहरुलाई कोठे सरापहरुले के छुन सकेन । जनता र कार्यकर्ताहरुको अपार मायाका सामुन्ने कसैको खराव स्वास्थ्यमा आफनो राजनीतिक भविष्य देख्ने विचाराहरुको दुष्सप्ना पुरा हुन सकेन । जव केपी शर्मा ओलीको स्वास्थ्य ठीक भयो नी, त्यसपछि त उहाँका विरोधीहरुको छटपटिको सीमा रहेन । जसरी हुन्छ, उहाँलाई काम गर्न नदिऔँ । उहाँलाई आजै पदबाट हटाऔँ । अनि आफु कुर्सीमा सयर गरौँ अर्कोपल्ट त के हुने हो के ? कस्तो अपाच्य उकुस मुकुस थियो, केही मान्छेहरुमा । त्यो नेपाली जनताले कसरी विर्सन सक्छन होला र ?
आज खुमलटार रे, भोली भैसीपार्टी रे, दुई अध्यक्षको कुरा मिलेन रे, । आज फलानो कमरेड यता रे भोली उता रे । संसदीय दलमा फलानाहरु यता छन रे , स्थायी कमिटीमा यस्तो उस्तो रे । कति सुन्ने क्या, नेपाली जनताले यस्ता कुरा । नेपाली जनता यो घेराउको राजनीतिबाट वाक्क दिक्क थिए । नयाँ निर्वाचनसँगै नेपाली जनताले अव यसको फैसला गर्ने बाटो खुलेको छ । यसकालागि प्रधानमन्त्री नेपाली जनताको धन्यवादको पात्र पनि बन्नु भएको छ ।
पार्टी र सरकारको सम्वन्ध नङ र मासुको जस्तै हुनु पर्दथ्यो । पार्टीले सरकारलाई सहयोग गर्नु पर्दथ्यो । तर यहाँ त त्यसको ठीक उल्टो जसरी पनि सरकारलाई असहयोग गर्ने बातावरण वनाइयो । जसरी हुन्छ, प्रधानमन्त्रीलाई कमजोर बनाउने षडयन्त्र अख्तियार गरियो । सचिवालयका ९, कहिले ५ भएको छ, कहिले ४ । बुढो दिमाग खियाको खियाई । पावर सेयरीङका अनेकन तानाबुनादेखि हाम्रा केही थान नेताहरुले अरु केही रचनात्मक र सीर्जनात्मक काम बुन्न सकेनन् । आज खुमलटार रे, भोली भैसीपार्टी रे, दुई अध्यक्षको कुरा मिलेन रे, । आज फलानो कमरेड यता रे भोली उता रे । संसदीय दलमा फलानाहरु यता छन रे , स्थायी कमिटीमा यस्तो उस्तो रे । कति सुन्ने क्या, नेपाली जनताले यस्ता कुरा । नेपाली जनता यो घेराउको राजनीतिबाट वाक्क दिक्क थिए । नयाँ निर्वाचनसँगै नेपाली जनताले अव यसको फैसला गर्ने बाटो खुलेको छ । यसकालागि प्रधानमन्त्री नेपाली जनताको धन्यवादको पात्र पनि बन्नु भएको छ ।
निर्वाचन हारेकाहरुको पदको सुनिश्चिता केपी शर्मा ओलीले नै गरिदिनु पर्ने । आफु पदबाट हटेर कसैलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि केपी शर्मा ओलीले नै बनाई दिनु पर्ने । माग पनि कस्ता कस्ता । जनताले सुन्दा पनि अचम्मै लाग्ने । कहिले स्थायी कमिटीको दुवाई दिएको छ भने कहिले केन्द्रीय कमिटीको । पदीय महत्वकांक्षाका भारी वोकेका यी नेताहरुबाट नेपाली जनता कति आहत भएका होलान । यसको छिनोफानो पनि म्याद सकिएको औषधी जस्तो अव सचिवालयका ९ ले होइन, नेपाली जनताले गर्ने अवसर पाएका छन । यो भन्दा ठुलो विधि, पद्धति र लोकतान्त्रिक अभ्यास अर्को के नै हुन सक्छ र ?
प्रधानमन्त्रीले स्पष्ट शव्दमा भन्नु भएको थियो । तपाईहरुलाई प्रधानमन्त्री चाहिएको भए अर्को निर्वाचनसम्म कुर्नुस, अर्को निर्वाचनपछि म प्रधानमन्त्री हुन्न । तपाईहरुलाई पार्टी अध्यक्ष चाहिएको हो भने तोकिएको समयमा महाधिवेशन गर्नुस् अध्यक्ष हुनुहोस्, म अर्को महाधिवेशनपछि अध्यक्ष हुन्न । हैन, मैले अहिले नै छोडने हो भने हामी सवैले आफना पदीय जिम्मेवारीहरु छौडौ, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौ । यति भन्दा पनि प्रधानमन्त्रीलाई घेर्न छोडिएन । मलाई अहिले नै प्रधानमन्त्री चाहिन्छ, मलाई अहिले नै पार्टी अध्यक्ष चाहिन्छ, मलाई अहिले नै राष्ट्रपति चाहिन्छ , नभए म देखाईदिन्छु भन्ने हाम्रा केही पदीय महत्वकांक्षा बोकेका नेताहरुको बालहठको परिणाम हो संसद विगठन र निर्वाचनको घोषणा ।
अव प्रधानमन्त्रीले सवैको प्रधानमन्त्री वन्ने वाटो खोलीदिनु भएको छ । पार्टी फुटाउनेहरुले पार्टी नै फुटाएर भएपनि अध्यक्ष बन्ने बाटो खोलिदिनु भएको छ । अव आँट र हिम्मत भएकाहरुले निर्वाचनसँग भाग्ने होइन । जनताको ताजा जनादेश लिन डराउने होइन । विधि र पद्धतिको कुरा झिकेर प्रधानमन्त्री र अध्यक्ष बन्ने सपना देख्नेहरुले बुझनु पर्ने कुरा के हो भने प्रधानमन्त्री बन्ने सवैभन्दा लोकतान्त्रिक विधि निर्वाचन भन्दा अर्को केही हुनै सक्दैन । हुति भएकाहरुले अव निर्वाचनको तयारी गर्ने हो । अव तपाई प्रधानमन्त्री बन्न २ बर्ष कुरीरहनु परेन । जनताबाट नाङिगनु भएन भने बैशाख अन्तिममा प्रधानमन्त्री बन्ने तपाईको सपना पुरा हुनेवाला छ । त्यसैले कमरेड अव सडकतिर रोइलो गर्नु भन्दा हुति छ भने निर्वाचनको तयारी गर्नुस र प्रधानमन्त्री वन्ने आफ्नो सपना पुरा गर्नुस ।
प्रधानमन्त्रीले संसदको विगठन र नयाँ निर्वाचनको घोषणासँगै जनताको नासो जनतालाई नै फिर्ता गर्नु भएको छ । उहाँकै शब्दमा गलत मानिसहरुलाई देश सुम्पनु भन्दा यसको फैसला गर्ने अधिकार जनतालाई सुम्पनु भएको छ । प्रधानमन्त्रीको यो कदमले जनताप्रति उच्च सम्मान व्यक्त गरेको छ । आफ्नो भाग्य र भविष्यको फैसला केही थान नेताले होइन, जनताले नै गर्न सक्ने जनताको अधिकारलाई सुनिश्चित गरेको छ ।

चक्रपथबाट

 

You can share this post!

फुटको नेकपा संग नभई सिंगो नेकपासँग चुनाब लढ्ने धाेका छः म्याग्दी काँग्रेस

आफू पक्षका नेतालाई निर्वाचन क्षेत्रमा जान प्रधानमन्त्री ओलीको निर्देशन

Related posts
error: Content is protected !!