मनिपाल प्रशासनको तालाबन्दी ३१ औं दिनमा खुल्यो, लुटतन्त्र विरुद्ध अनेरास्ववियुको पहल सार्थक

पोखरा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेशले मनिपाल शिक्षण अस्पताल पोखरामा अध्ययनरत विद्यार्थीको सानो दबिएको र डराएको आवाजलाई ग्रहण गर्दै आन्दोलनका रुपमा अघि बढायो । अन्ततः त्यो आन्दोलन निश्कर्षमा पुगेको छ । मनिपाल अस्पतालको लुटतन्त्रमा अखिल तगारो बनेको छ । विद्यार्थीले न्याय पाएको अनुभूति गरेका छन् । र, ३१ औं दिनमा मनिपाल प्रशासनको ताला खुलेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको देखिएपछि अस्पतालमा गत २० मंसीरमा तालाबन्दी गरिएको थियो । संगठनका गण्डकी कमिटि संयोजक प्रकाश पौडेलको अगुवाईमा मनिपालमा तालाबन्दी गरेपछि चरणवद्ध रुपमा रचनात्मक आन्दोलन जारी रहे । प्रशासनलाई खबरदारी गरिरहे ।

‘अवैध शुल्क उठाइरहेको जानकारी पायौँ । आवाज उठाउने विद्यार्थीहरु भयभित थिए । १ महिनाअघि २४ घन्टाको अल्टिमेटम दिएर ताला लगायौं तर मनिपाल प्रशासन पेलेरै जाने पक्षमा रह्यो । अन्ततः हामीसामु घुँडा टेक्न बाध्य बनेको छ । विद्यार्थी र अभिभावकले न्याय पाएका छन् । अब ठगिनुपर्दैन ।’ – संयोजक पौडेलले भन्नुभयो ।

कमिटीका सचिव आरके पोखरेलका अनुसार आज प्रशासनको रोहवरमा अस्पताल र आन्दोलन विद्यार्थी पक्षबीच ५ बुँदे सहमति भएको छ । चिकित्सा शिक्षा आयोगले तोके बमोजिम मात्र शुल्क लिने, कुनै पनि अतिरिक्त शुल्क नलिने, यसअघि विद्यार्थीसँग लिइएको शुल्क आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गरिने, विद्यार्थी र स्थानिय समुदायसँगको सहकार्य र समन्वयमा अस्पताल अघि बढ्ने र प्रशासन कक्षमा लगाइएको ताला खोल्ने सहमति भएको हो ।

You can share this post!

प्रतिनिधि छनोट सँगै चुनावी माहोलमा पर्वत एमाले

न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा

Related posts