सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु 

म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु खुसी भएपनि पशुपालन गर्ने किसानहरु भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् । बुधवार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ ।

 

You can share this post!

बलियो अभिभावकत्व नहुँना मुनाका एउटै परिवारका ६ बालबालिकाको पढाईमा सकस

सडक पुगेपछि गाउँका दैनिकी फेरिदै

Related posts