संकटको साथि, जनताको सेवक सुरत केसी

म्याग्दी । जहाँ जतिवेला आपत, विपत तथा संकट पर्छ ज्यानको प्रवाह नगरि अग्रपंक्तिमा खटिने एक होनाहार स्वयमसेवि व्यक्ति सुरत केसी यतिवेला बेनी गरपालिकाको मयेर पदमा नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्छ । गरिव,दुखि, असहाय, अशक्त तथा सहाराविहिनहरुको सहारा बन्दै विपतको समयमा केसीले उच्च योगदान पु¥याउनुभएको छ ।

मानव भएर जन्म लिएपछि आफु बाँच्ने मात्रै होइन अरुलाई बचाउन पनि सक्नु पर्छ भन्ने मान्यता राख्ने केसीले अस्पतालको वेडमा जीवनमृत्युको दोसाँधमा रहेकाहरुलाई तत्काल रगत दिएर पुनर्जीवन दिनुभएको छ ।

युवाहरुलाई शिक्षित तथा उद्यमशिल बन्नका लागि हौसला र पे्ररणा दिई सहयोग समेत गर्नुभएका केसीले अध्ययन तथा व्यवसाय थालनीमा धेरै व्यक्तिहरुलाई आर्थिक, भौतिक, तथा नैतिक सहयोग समेत गर्नुभएको छ । समाज सेवामार्फत जनतामाझ लोकप्रीय बेनका केसी परोपकारी र स्वयमसेवी व्यक्ति हुनुहुन्छ । हाल रक्तसञ्चार केन्द्र म्याग्दीको संयोजकको रुपमा रहनुभएका केसीले ६८ पटक रक्तदान गरिसक्नुभएको छ ।


२०६३ सालमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सचिव हुनुभएका केसी यसअघि दुइपटक जिल्ला शाखा अध्यक्ष हुनुभएको थियो । उहाँले एकदशक सम्म म्याग्दीकाली एफ.एम.मा समाचार सम्पादकको रुपमा पनि काम गर्नुभएको छ । २०६७ साल देखि जिल्ला विपद व्यवस्थापन समितिको सदस्य रहनु भएका उहाँ २०७२ सालको भुकम्पक तथा त्यसपछिको बैंसरीको पहिरोमा सक्रियताका साथ प्रत्यक्ष फिल्डमा पुगी उद्धारमा खटिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको शाखा उप–मन्त्री समेत रहनुभएका केसी जिल्ला कमाण्ड पोष्ट÷जिल्ला कोभिड व्यवस्थापन समितिमा रहेर कोरोना महामारीको समयमा कोरोना संक्रमितको उद्धार, व्यवस्थापन, तथा सव व्यवस्थापनमा अग्रस्थानमा रहेर उल्लेख्य भूमिका निभाउनुभएको थियो । जनस्तरबाट कोभिड व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै केसी संविधानदिवस २०७७ को उपलक्षमा राष्ट्रिपतिद्वारा ‘राष्ट्र यशोवद्र्धक पदक’ बाट बिभुषण समेत हुनुभएको छ ।

बेनी नगरपालिका ५ पुलाचौरमा जन्मिनुभएका केसी २०४७ सालमा गलेश्वर माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आवद्ध हुँदै राजनैतिक यात्रा सुरु गर्नुभएको थियो । बिद्याथी राजनीतिको विभन्न चरण पारगर्दै २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता लिनुभएका केसी जिल्ला कमिटीमा रहेर बिद्यार्थी विभाग र प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाली सक्नुभएको छ । २०७३ सालमा पशुपंक्षी विकास राज्यमन्त्री नरदेविपुनको स्वकीय सचिव समेत बन्नुभएको थियो ।

केसीले समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नुभएको छ । सामाज विकासका लागि सवैभन्दा ठूलो शक्ति शिक्षा भएकाले शिक्षाकै माध्यमबाट नगरको विकास गर्ने योजना केसीको रहेको छ । नगरबासीलाई पैसा दिएर परनिर्भर होइन सिप र पेशा दिएर आत्मनिर्भर बनाउने संकल्प लिएर अगाडि बढ्नुभएका मेयरका उम्मेदवार केसीले कलाकौशल, सिप र क्षमताले व्यक्ति सवल हुने र उ सवल हुँदा परिवार तथा समाज सवल हुने मान्यता राख्नुहुन्छ । बेनीनगरको भौतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि सवै पक्षसंग समन्वय गरेर अगाडि बढ्ने केसीले बताउनुभयो ।

बेनी नगरमा चुनाव जित्ने मुख्य आधार सामाजिक काम नै भएको केसी बताउनुहुन्छ । बाढी, पहिरो, भूकम्प, कोरोना महामारीको बेला होस् वा जनताले उपचार नपाउँदा, एमालेका कार्यकर्ताहरुले जुन सहयोग र मानवीय व्यवहार देखाउनुभएको छ, त्यसले आम मतदाताको मन जितेको छ, केसी भन्नुहुन्छ ।

नेकपा एमाले भाषण गर्नेभन्दा पनि समस्या परेका ठाउँमा सहयोगीका रुपमा उपस्थित हुने पार्टी हो भन्ने कुरा व्यवहारमै पुष्टि भैसकेकाले सैद्धान्तिक आधार, पार्टीको चलायमान सङ्गठन र जनताको सुखदुःखमा सँगै उभिएका कारण पनि निर्वाचन जित्नेमा ढुक्क भएको केसीको भनाई छ ।

आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्न नियमित कामका साथै ‘मोबाइल अस्पताल’ सञ्चालन गर्ने र बिरामीलाई घरदेखि अस्पतालसम्म पु¥याउन एम्बुलेन्सको व्यवस्था गर्ने विषयलाई केसीले प्राथमिकतामा राख्नुभएको छ । नगरपालिका भित्रका मुख्य सडकमा कालोपत्रे गर्ने, वडा कार्यालय जोड्ने सडकको कालोपत्रे र स्तरउन्नति गर्ने योजना बनाए केसीले बताउनुभयो ।

यसका साथै नगरपालिकाले आफ्नै हेभी इक्वीपमेन्ट डोजर, स्काभेटरलगायत खरिद गरी बर्षाको समयमा अवरुद्ध सडक खुलाउन तत्कालै आवश्यक जनशक्तिसहित सम्बन्धित ठाउँमा परिचालन हुने व्यवस्था मिलाई बाह्रै महिना सडक सञ्चालनको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

कृषि, पशुपालन, आवास, भूमि व्यवस्थापन र सिँचाइको विकासका लागि पनि प्रतिबद्धतापत्रमा विशेष योजना उल्लेख गरिएको छ । बेनी नगरलाई आधुनिक, पर्यावरणमैत्री र सभ्य नगरमा रुपान्तरण गर्नका लागि प्रतिबद्धतापत्रले स्पष्ट योजना र कार्यक्रमहरु किटान गरेको र त्यहि अनुसार नगरबासीको आवश्यकता, भावना अनुसारको विकासका गतिविधि संचालन गर्ने योजना मेयरका उम्मेदवार केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीको रहेको छ ।

You can share this post!

जलजलमा गठबन्धन सँग भिड्दै एमालेः कार्यकर्ताहरु उत्साहित

म शासक होइन सधै जनताको सेवक बन्न चहान्छुः अध्यक्षको उम्मेदवार बानियाँ (प्रतिवद्धता पत्र सहित)

Related posts