मालिका–६ मा नेकपा एमालेको प्यानल विजयी

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पदम बहादुर रोकाले ५७४ मत लिएर विजयी हुनुभएको हो ।

वडा अध्यक्षमा नेपाली काँग्रेसले ५३३, नेकपा माओवादीले १२५ र मंगोलले ११३ मत प्राप्त गरेका छन । त्यस्तै गाउँपालिका अध्यक्षमा एमालेका बेग प्रसाद गर्वुजाले ५६३, काँग्रेसका श्रीप्रसाद रोकाले ५२३ र माओवादीका रेशम जुग्जालीले १८१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेका लक्ष्मी पुनले ५६४, काँग्रेसका पिपला बुढाले४९६ र माओवादीका गौरी सेन्चुरीले १२५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

You can share this post!

रघुगंगा –३ पिप्लेमा अध्यक्षमा खिम शाही सहित एमालेको प्यानल विजयी

मालिकामा ६ वडाको मतगणना सकियोः विमको भोट निर्णायक हुने

Related posts