मौवाफाँटमा अरिङ्गाल पोल्ने क्रममा रुख बाट खसेपछि एक युवा घाईते

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र नजिककै मौवाफाँटमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेपछि एक युवा घाईते भएका छन् । रघुगंगा तिन पिप्लेका २२ बर्षीय अप्तार रिजाल रुखबाट खसेपछि घाइते भएका हुन् । ६ जनाको समुह बनाएर टुनिको बोटमा रहेको अरिङ्गललाई पोल्नका लागि रुखमा चढेको बेला अकस्मात तल खसेपछि रिजाल घाईते भएका हुन् । उनलाई पोखरामा उपचारका लागि लगिएको छ ।
वेनीमा सामान्य उपचार गरी पोखरा स्थित मनिपाल अस्पतालमा चार्डपर्व र कोरोनाका कारण कम स्वाथ्यकर्मी भएकाे र पालाे कुर्नु पर्ने अवस्थाका कारण अप्रेशन गर्नका लागि फेवा सिटी अस्पतालमा लगिएको छ । घाईते रिजाललको दुवै खुट्टा मा चाेट लागेकाे र हाल अप्रेशन गर्ने तयारी गरीएको घाइतेका दाजु सुर्दशन रिजालले बताउनु भयो ।

You can share this post!

मंसिर ९ देखि कक्षा १२ काे परीक्षा समय डेढ घण्टा मात्रै

बेनी अस्पतालका २ स्वाथ्यकर्मी र मंगला गाउँपालिकाका ३ कर्मचारीमा कोरोना पुष्टि

Related posts