काठमाडौं । भारतीय रक्षाध्यक्ष सीडीएस विपिन रावत चढेको हेलिकप्टर तमिल नाडुको कुन्नुर क्षेत्रमा दुर्घटना भएको छ ।बिबिसी हिन्दीका अनुसार हेलिकप्टरमा उनी लगायत वरिष्ठ सैन्य अधिकारीहरु पनि सवार थिए ।
भारतीय वायु सेनाले एमआई–१७ वी ५ रहेको बताइएको छ । दुर्घटनामा परेका रावत लगायतको अवस्थाबारे भने अहिलेसम्म केही खुलेको छैन ।भारतीय अंग्रेजी अखबार इण्डियन एक्सप्रेसका अनुसार हेलिकप्टरमा रावतकी श्रीमतीसहित ७ जना सवार थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आदेश दिइएको बताएको छ।