म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विभागीय टोली त्रिभुवन नेपाल आर्मी र शसस्त्र प्रहरी बल एपिएफ विच भएको खेलमा एपिएफ विजयी भएको छ ।
बेनीको खुल्ला मञ्चमा संचालित प्रतियोगितामा नेपाल आर्मी र शसस्त्र विचको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । खेलको पहिलो सेटमा २० का विरुद्ध २५ अंक लिदै शसस्त्रले जित हासिल गरेको थियो भने दोस्रो सेटमा १९ का विरुद्ध २५ अंकका साथ आर्मी विजयी भएको थियो ।
खेलको तेस्रो सेट २१ का विरुद्ध २५ र चौथो सेट २३ का विरुद्ध २५ अंक प्राप्त गरि एपिएफले जितेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफका जर्सी नम्वर १ निरुता ठगुन्ना बन्नुभएको छ । उहाँलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले उत्कृष्ट खेलको ट्रफि प्रदान गर्नुभएको थियो ।
लिक चरण अन्तरगत एपीएफ समुह बिजेता र आर्मी उपबिजेता हुदै दुवै टिम क्वाटरफाईनलमा प्रवेश गरेका छन् । त्यस्तै नेपाल पुलिस समुह बिजेता र लुम्वीनी प्रदेश उपबिजेता हुदै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
आजै दिउसो साढे १ बजे मधेश प्रदेश र बागमति प्रदेशविच खेल हुनेछन् । सोमबारदेखि क्वाटरफाईनका खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।