नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा बानीयाँ र प्रदेश उपसभापतिमा महतको उम्मेदवारी घोषणा

म्याग्दी । नेपाली कांग्रेसको मंसिर २४ गते देखि सुरुहुने चौँधौ केन्द्रिय महाधिवेशनमा नेपाली कांग्रेस म्याग्दीबाट रेशम बानीयाँले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै मंसिर १७ गते देखि सुरु हुने गण्डकी प्रदेश अधिवेशनमा नेत्र महतले उप -सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

बुधबार नेपाली कांगे्रस म्याग्दीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेसका पुर्व सभापति एवं संबिधान सभा सदस्य समेत रहनुभएका नेता बानीयाँले केन्द्रिय सदस्य र कांग्रेस म्याग्दीका पुर्व सह-सभापति नेत्र महतले प्रदेश उपसभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

२०४६ साल देखि नै म्याग्दी कांग्रेसका बिभिन्न पद तथा जिम्मेवारीमा रहेर भूमिका निभाउदै आउनु भएका बानीयाँले २०६४ को पहिलो संबिधान सभा निर्वाचनमा तत्कालीन समयको बिषम परिस्थतिमा पनि नेपाली कांग्रेको निर्वाचनमा उम्मेदवार बेनको र निर्बाचनमा असफल बनेपनि नेपाली कांग्रेसको संगठनलाई जिबन्त राख्नका लागि त्यो बेलाको आफनो उम्मेदवारीले ठुलो भूमिका खेलेको बताउनुभयो ।

२०७० सालको संबिधान सभामा नेपाली कांग्रेसले मनोनित गरेर संबिधान सभा सदस्य बन्नुभएका नेता बानीयाँले संबिधान निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । उहाँले पार्टीको बिभिन्न भूमिकामा रहदा पार्टीको शिर झुक्ने काम नगरेको भन्दै पार्टीमा ३० बर्ष सम्म गरेको योगदानका आधारमा नै केन्द्रिय सदस्यमा पुग्नका लागि योग्यता र क्षमता रहेको बताउनुभयो ।

केन्द्रिय रुपमा म्याग्दी कांगे्रस अझै सम्म ओझेल परेको भन्दै म्याग्दी कांग्रेसको केन्द्रमा प्रतिनिधित्वका लागि पनि आफुले उम्मेदवारी दिएको बताउनुभयो । कांग्रेसका जिल्ला सभापति लगाएतका नेताहरु संग छलफल गरेर उम्मेदवारी दिने निर्णय गरेकोले पनि म्याग्दी कांग्रेस एक ढिक्का भएर लाग्ने र आफ्नो जित हुने उहाँले दाबी गर्नुभएको छ ।

त्यस्तै गण्डकी प्रदेश समितिको सभापति पदमा उम्मेदवारी घोषणा गर्दै पुर्व उपसभापति महतले नेपाली कांग्रेसलाई थप बजबुत बनाउनका लागि र जिल्ला बाट प्रदेश स्तरमा पनि पहुँच पुराउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले पार्टी भित्रको गुटबन्दी अन्त्य गरेर सहमति सहकार्य र एकतालाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।

गुटबन्दीले कांग्रेस कमजोर हुने र कांग्र्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने हुँदा एक भएर पार्टीलाई बलियो बनाउनु पर्ने बताउनुभयो । आफ्नो लागि मात्रै नभएर म्याग्दी कांग्रेसको नै उम्मेदवारी भएकाले सबैले साथ दिन अनुरोध गर्नुभयो । नेता महतले अहिले सम्मको सवै जिम्मेवारी सफल ढंगबाट पुरा गरेकाले प्रदेशको उपसभापति पदमा बिजय भएपनि जिल्लाकै बिकासमा काम गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका सभापति खम्विर गर्वुजाले केन्द्र र प्रदेशमा म्याग्दी कांगे्रेसको उपस्थितिका लागि यो उम्मेदवारी महत्वपूर्ण भएकाले सिङ्गौ म्याग्दी कांग्रेस एकजुत भएर जित हाँसिल गरिने बताउनुभयो । केन्द्रिय महाधिवेशनमा सधै अरुलाई भोट हाल्न मात्र जाने म्याग्दीले यसपालि जिल्ला बाट उम्मेदवारी पाउँदा निकै खुसि लागेको बताउँदै टिममा पारेर मात्र होइन जिताउनका लागि पनि केन्द्रिय स्तरका नेता हरुले भूमिका खेलिदिन आग्रह गर्नुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

अन्नपूर्णमा आवधिक विकास योजना तर्जुमाको मस्यौदा प्रतिवेदन प्रस्तुत

राप्रपाको  एकता महाधिवेशन काठमाडौंमा शुरु

Related posts