नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ बाट खसेर खेलाडीको  मृत्यु भएको छ ।

प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लवका कास्कीको पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

प्याराग्लाइडिङबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सले मृत घोषणा गरेका थिए ।

You can share this post!

नवौँ राष्ट्रिय खेलकुदः एपिएफले नेपाल आर्मीलाई हरायो (तस्विर सहित)

नवौँ राष्ट्रिय खेलकुदः पहिलो चरणको खेल सकियो, भोली क्वाटर फाइनलको ४ खेल हुने

Related posts