मिर्गौलाकाे उपचारकै क्रममा ज्यान गुमाएकी श्रीपालीको दुधे बालबच्चालाइ आर्थिक सहयोग

मिर्गौलाको उपचार गर्दा गर्दै मृत्यूवर गरेकी म्याग्दीको मालीका गाउँपालीका २ रुम निवासी सन्जीता श्रीपालीको वालबच्चालाइ गहयोग प्राप्त भएको छ। मिर्गौला फेल भए पछि उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा गत चैत १२ गते श्रीपालीको निधन भएको थियो । उनले १५ महिनाको दुधे छोरा र साढे दुइ बर्षकी एक छोरीलाइ अस्पतालको शैयाबाट नै सधौंका लागि विदाइ गरेर छाडेर गएकी थिइएन । उक्त घटनाको बारेमा थाहा पाए पछि बागलुङ गलकोट नगरपालिका हरिचौर निवासी हाल जापानमा बस्ने गणेश श्रीपालीले दुधे बालबच्चाको लागि सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । सोही अभियान मार्फत जम्मा भएको ७३ हजार ३ सय ३० रुपैयाँ एक कार्यक्रमको आयोजना गरी रुमका वडा अध्यक्ष नरबाहादुर पुन र स्थानीय समाजसेवी उदय बुढाले मृत्यकको श्रीमान गेहेन्द्र श्रीपाली लाइ सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । श्रीपाली लाइ बचाउनका लागि रुममा रहेको दलीत युवा संजाल मार्फत श्रीपाली बचाउ अभियान सञ्चालन गरीएको थियो । तर धेरै प्रयास गर्दा पनि श्रिपाली लाइ बचाउन सकेनौं उनको उपचारमा परिवारको सम्पत्ति सबै सकियो । परिवारमा न त ज्यान नै आयो न त धन नै रह्रयो अहिले उक्त परिवार लाइ विहान बेलुका समेत हातमुख जोड्न धौ, धौ भएको छ स्थानिय दलित युवा सञ्जालका अध्यक्ष दमरसिङ रसाईलिले भन्नु भयो ।

You can share this post!

रघुगंगामा पालिका अध्यक्ष चढ्ने गाडी व्यापारीक प्रयाेजनका लागि प्रयाेग

सर्वसाधरण कै लापरबाहीले बढ्दै म्याग्दीमा कोरोनाको संक्रमण

Related posts