अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् ।

मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ ।

महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया पुन विष्णुकुमारी गर्बुजा र आशा गुरुङ निर्विरोध हुनुभएको छ । अन्नपूर्णको गाउँसभामा एमालेको बहुमत छ ।

You can share this post!

म्याग्दीको सेदु र साइँलो भाकालाई प्रज्ञा प्रतिष्ठानमा संरक्षित गरिने

सम्मर घर्ति बचाउन सक्रिय न्यू स्टार यूवा क्लव

Related posts